ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नियमित रक्तदान रोकिँदा पोखरामा रगत अभाव

२०७६ चैत, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । कोराना भाइरस संक्रमणको त्रासले गर्दा विभिन्न संघसंस्थाले नियमित गर्दै आएको रक्तदान कार्यक्रम रोकिँदा पोखरामा रगत अभाव हुँदै गएको हो । पछिल्लो २ हप्तायता रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा पोखरामा ‘ए’ पोजेटिभ र ‘एबी’ पोजेटिभ रक्त समूहका रगत अभाव हुन थालेको अस्पतालहरूले बताएका छन् । अस्पतालहरूमा अपरेशन गराउने र दुर्घटना परेका धेरै बिरामी रक्तसमूह पनि ए’ पोजेटिभ र ‘एबी’ पोजेटिभ नै हुने गरेकाले उक्त समूहको रगतको माग धेरै हुने गरेको छ । पोखरामा दैनिक ८० युनिटको हाराहारीमा रगतको माग हुने गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा सबैभन्दा धेरै रगतको खपत हुने गरेको छ । 
विभिन्न संघसंस्थाले वार्षिक कार्यतालिका बनाएर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका भए पनि यतिबेला कोरोनाको त्रासले रक्तदानका कार्यक्रम अत्यन्तै कम राख्ने गरिएको छ । रगतको माग उच्च भएको समयमा रक्तदान कार्यक्रम नहुनु नै अभावको मुख्य कारण भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका निर्देशक ध्रुवमणि लामिछानेले बताए । ‘पोखरामा अहिले दैनिक ४० देखि ५० पोका रगतको माग हुने गरेको छ,’ उनले भने, ‘२ हप्तायता रक्तखान हुन नसक्दा अभाव बढ्दै गएको हो ।’ अन्य समूहका ‘ओ’ नेगेटिभ, ‘ए’ नेगेटिभ, ‘एबी’ नेगेटिभ रगत भने रक्तसञ्चार केन्द्रले आकष्मिक रक्तदाता युनिटमा आबद्ध सदस्यबाट पूर्ति गर्ने गरेको छ ।

रगतको अभाव बढेपछि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले शुक्रवार र शनिवार पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आयोजित रक्तदान कार्यक्रमबाट तत्कालका लागि केही रगत संकलन गरिएको रेडक्रसले बताएको छ । 

यस क्षेत्रमा संगठित रूपमा ठूलो सञ्जालमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालका रक्तदान डिपार्टमेन्ट चिफ शैलेन्द्रमोहन भट्टराईले पोखरामा भएको रगको अभावलाई कम गर्न यस क्षेत्रका क्लबलाई आग्रह गर्ने बताए । दर्जनौं क्लबलाई आग्रह गरेर भए पनि लायन्सले पोखरामा भएको रगतको अभाव टार्ने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)