ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापालन व्यवसायमा वडाध्यक्ष ढकाल

२०७६ चैत, ४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाल जनप्रतिनिधिको रूपमा मात्र नभई व्यावसायिक कृषकको रूपमा समेत परिचित छन् । कार्यालय समय अघि–पछि उनी माछा पोखरीमा भेटिन्छन् ।

कतिपय सेवाग्राही सेवा लिन माछा पोखरीसम्म्म पनि पुग्छन् । फुर्सदको अधिकांश समयमा उनी माछापोखरीको हेरचाहमै बिताउँछन्  ।

करीब डेढ बिगाहा क्षेत्रफलमा चारओटा पोखरी निर्माण गरी वडाध्यक्ष ढकालले माछापालन थालेका हुन् । फुर्सदको समयको सदुपयोगसँगै व्यावसायिकताका लागि माछापालन शुरू गरिएको उनले बताए । ‘कार्यालयभन्दा बाहेकको समय व्यवसायमै लगाएको छु,’ उनले भने । उनको माछापालन फार्ममा १० जनाले रोजगारी पाएका छन् । 

करीब १० लाख रुपैयाँ लगानीमा गत साउनदेखि सञ्चालन गरेको माछापोखरीबाट पहिलो चरणका माछा उत्पादन भइसकेको ढकालले बताए । यस वर्ष पाँच क्वीन्टल माछा उत्पादन भएको उनले सुनाए । ‘माछापालनसँगै कुखुरा तथा बंगुरपालन पनि शुरू गर्दै छु,’ उनले भने, ‘त्यसका लागि आवश्यक संरचना तयार भइरहेका छन् ।’ 

माछा पोखरीको किनारमा खोर निर्माण गरी बंगुर तथा कुखुरापालन शुरू गर्ने उनको योजना छ । बंगुर तथा कुखुराबाट निस्कने फोहोर माछाका लागि आहार हुने र यसले करीब ३० प्रतिशत दाना बचाउन सकिने अनुमान उनले गरे ।

उनको पोखरीबाट उत्पादित माछा स्थानीय बजार र धनगढीसम्म पुग्ने गरेको छ । आफ्नो फार्ममा बैखा, नैनी, रघु, सिल्भर, ग्रास लगायत ६ जातका माछा उत्पादन हुने गरेको उनले बताए । उत्पादित माछा हाल प्रतिकेजी ३७५ रुपयाँसम्ममा माछा बिक्री हुने गरेको उनको भनाइ छ ।

बजारको माग अनुसार माछा उत्पादन गर्न नसकेकाले व्यवसाय थप विस्तार गर्ने योजना रहेको उनले सुनाए । माछापालन व्यवसायबाट वाषर््िाक ५ लाख रुपैयाँ मुनाफा आर्जन हुने उनले बताए । स्वदेशमै मेहनत गर्न सके राम्रो प्रतिफल मिल्ने भएकोले बेरोजगार युवालाई यस्तो व्यवसायमा लाग्न समेत उनले सुझाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)