ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामू गभर्नरमा चिन्तामणि शिवाकोटी

चैत्र ५ देखि कामूको रुपमा गभर्नर सम्हाल्न अर्थ मन्त्रालयको पत्र

२०७६ चैत, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

चैत ४, काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति नहुँदासम्मलाई कायम मुकायम (कामू) गभर्नरमा हालका डेपुटि गभर्नर चिन्तामणि शिवाकोटीले कार्यभार सम्हाल्ने भएका छन् । 

हालका गभर्नर डा चिरञ्जिवि नेपालको ५ वर्षे कार्यकालको मंगलवार अन्तिम दिन हुँदा पनि सरकारले नयाँ गभर्नर नियुक्तीमा ढिलाई गरेपछि कामूको रुपमा गभर्नरको कार्यभार सम्हाल्न शिवाकोटिलाई अर्थ मन्त्रालयले पत्र पठाएको हो ।

मन्त्रिस्तरीय बैठकबाट कामू गभर्नरमा शिवाकोटीलाई नियुक्त गर्ने निर्णयपछि अर्थमन्त्री डा युवराज खतिवडाले पठाएको पत्र मंगलवार हात परेको  शिवाकोटीले बताए । ‘अर्को व्यवस्था नहुञ्जेललाई कामू गभर्नरको पद सम्हाल्न पत्र प्राप्त भएको छ’, उनले भने ।

सामान्यतया गभर्नरको कार्यकाल सकिन १ महीना अगावै आगामी गभर्नरको नियुक्तिका लागि छनौट समिति गठन गर्ने प्रचलन भएपनि सरकारले भने कार्यकाल सकिएको अन्तिम दिनसम्म टुंगो लगाउने भनेको थियो ।

तर गभर्नर डा चिरञ्जिवि नेपालको कार्यकाल सकिएको अन्तिम दिन नै सरकारले कामू गभर्नरमा शिवाकोटिलाई नियुक्त गरेको हो ।यद्यपि, नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नरको नियुक्ति गर्नेछ ।

मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिको लागि अर्थमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गर्नुपर्छ । जसमा पूर्वगभर्नरहरु मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैकिङ्, वित्तीयतथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्तिबाट समितिको गठन हुन्छ । 

३ सदस्यीय समितिले आर्थिक, मौद्रिक, बैंक, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरु मध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले सिफारिस भएका नाम मध्येबाट एकजनालाई गभर्नर पदमा नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

 अर्थमन्त्री तथा सञ्चारमन्त्री खतिवडाले  मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा आगामी चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)