ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कास्कीका राजनीतिक दलले अझै बुझाएन् उपनिर्वाचनको खर्च विवरण 

२०७६ चैत, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । मंसिरमा सम्पन्न कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका उमेदवारले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको स्थानमा अर्को सांसद चयनका लागि उपनिर्वाचन भएको थियो । सो निर्वाचनका उम्मेदवार बनेका अधिकांशले चुनाव भएको साढे ३ महीना बितिसक्दा समेत खर्चको विवरण सार्वजनिक गरेका छैनन् । 

उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी थिइन् । निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र १० सहित २१ उम्मेदवारमध्ये  अहिलेसम्म ६ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । निर्वाचन आयोग ऐन २०७३ मा उल्लेख भएअनुसार उम्मेदवारले अन्तिम मतपरिणाम घोषणा भएको १ महीनाभित्र आफ्नो खर्चको विवरण सार्वजनिक गर्नु पर्छ ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार उपनिर्वाचनको खर्च विवरण बुझाउनेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेसनल अर्गनाइजेसन छन् ।

खर्च विवरण बुझाउन सबै उम्मेदवारलाई खबर गरिए पनि ६ जनाबाहेक अन्यले चासो नदिएको निर्वाचन कार्यालयका प्रमुख महेन्द्रराज सुवेदीले बताए । ‘निर्वाचन ऐनमा तोकिएको समयावधि सकिनु अगाडि नै सबै उम्मेदवारलाई विवरण बुझाउन जानकारी गराएका थियौं,’ उनले भने,  ‘तर अहिलेसम्म ६ जना बाहेक अन्य उम्मेदवार विवरण बुझाउन आएक छैनन् ।’ निर्वाचन कार्यालय कास्कीमा राजनीतिक दलले बुझाएको विवरण अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले सबैभन्दा धेरै खर्च गरेको छ । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले रू. २४ लाख ५७ हजार २२५ खर्च गरेका छन् । त्यसैगरी नेकपाका उमेदवार विद्या भट्टराईले रू. २२ लाख ५६ हजार ५५१ खर्च गरेकी छिन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवारले बढीमा रू. २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमो तोकेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)