ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, सवैभन्दा धनी देखिए पृथ्वी सुब्बा गुरुङ 

२०७६ चैत, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत ५, कास्की । गण्डकी प्रदेशका मुुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कानूनको धज्जी उडाउदै २ वर्षसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेका मुख्यमन्त्री र मन्त्रीपरिषद्का सदस्यलाई लेखा समितिले तेस्रो पटक निर्देशन दिएपछि २ वर्षमा विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले विसं २०७४ चैत्र २ गतेको बैठकले मन्त्रिपरिषद्का सदस्यहरूको ३० बुँदे आचारसंहिता जारी गरेको थियो । आचारसंहिताको ८ औं नम्वर बुँदामा मन्त्रिपरिषद्मा नियुक्त भएको मितिले ६० दिनभित्र प्रचलित कानूनबमोजिम सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

बुधवार सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेशका ७ जना मन्त्री मध्ये ६ जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २ वर्ष वितिसक्दा समेत सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले विवरण उपलब्ध नगराएका कारण सार्वजनिक हुन सकेन ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग ५१ तोला सुन र ९० तोला चाँदी रहेको छ । उनले विवरणमा सुन र चाँदीलाई दाईजो, खरीद, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री गुरुङको लमजुङको खिलुङमा कित्ता नं २८१ मा २०४५ सालमा किनेको घरसहितको जग्गा छ । आशकुमारी गुरुङको नाममा खिलुङमा नै २५९ कित्ता नं मा एकतले २ ओटा घर छन् । यस्तै आशकुमारीकै नाममा खिलुङ ८ र ९ मा नै, ३६४, १४७, १५१, १८२, २१९ र १५९ कित्ता नं मा २९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा रहेको छ । उक्त जग्गा अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख  छ । 

मुख्यमन्त्री गुरुङको नाममा खिलुङ ८ मा १३२, २७६, ३३८ र ४८७ कित्ता नं मा १० रोपनी ३ आना २ दाम अंशबण्डाबाट पाएको उल्लेख छ ।

मुख्यमन्त्रीको व्यक्तिगत खातामा रू.१६ लाख ५० हजार नगद रहेको विवरणमा उल्लेख छ ।  उनको एभरेष्ट बैंकमा रू.१५ लाख ५० हजार र सिभिल बैंकमा रू.१ लाखसहित रू.१६ लाख ५० हजार बैंक ब्यालेन्स रहेको छ ।

उनका छोरा विज्ञान गुरुङको नाममा लक्ष्मी बैंकमा रू.१० लाख छ भने नबिलमा रू.६० लाख नगद छ । यसको स्रोत पारिश्रमिक भनेर उल्लेख गरिएको छ । 

लमजुङको क्होंलासोथर गाउँपालिकाको उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री पत्नी कुमारीमुनि गुरुङको नाममा सिभिल बैंकमा रू.३ लाख ५० हजार नगद रहेको छ । यसैगरी उनकै नाममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा रू.५ लाख नगद रहेको छ । 

कुमारीकै नाममा राष्ट्रिय वाणिज्य बैंक जावलाखेलमा रू.२ लाख नगद रहेको सम्पती विवरणमा उल्लेख छ । मुख्यमन्त्रीका छोरा विज्ञानका नाममा पिपुल्स हाइड्रो कम्पनीमा १५ हजार कित्ता शेयर छ । शेयरको रकम जग्गा बेचेर प्राप्त भएको जनाइएको छ ।

यसैगरी छोरी इश्वरी गुरुङको नाममा स्कुटर रू.१ लाख २० हजार मूल्य वरावरको स्कुुटर, विज्ञान गुरुङको नाममा रू.५ लाख वरावरको मोटरसाइकल र माउण्टेन बाइक समेत रहेको छ ।

मुख्यमन्त्रीले सम्पत्ति विवरणमा भेंडीगोठमा रहेका नौ ओटा भेडा र सात ओटा बाख्रा पनि समावेश गरेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)