ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासंघ चुनाव स्थगनतर्फ

२०७६ चैत, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले थप कदम चाल्ने बुधवार निर्णय लिएसँगै नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा र नयाँ नेतृत्वको निर्वाचन स्थगित हुने देखिएको छ । यद्यपि चुनाव स्थगित गर्ने आधिकारिक निर्णय भने महासंघले आज (बिहीवार) गर्नेछ । 

सरकारले सर्तकताका थप कदम चाल्ने निर्णय गरेसँगै साधारणसभा र निर्वाचन स्थगित गर्नुपर्ने दबाब महासंघमाथि परेको हो । महासंघकी अध्यक्ष भवानी राणाले यसै विषयमा बिहीवार पदाधिकारी बैठक बोलाएकी छन् ।

उनले आर्थिक अभियानसँग कुरा गर्दै सरकारले नै १ महीना सभा÷सम्मेलन नगर्न आग्रह गरेपछि चुनाव स्थगन गर्न लागिएको बताइन् । ‘कम्तीमा पनि १ महीना महासंघको चुनाव स्थगित हुन्छ । यसैका लागि मैले बिहीवार (आज) पदाधिकारी बैठक बोलाएकी छु,’ उनले भनिन् । 

‘सरकारले नै सभासम्मेलन नगर्न भनेकाले कम्तीमा १ महीना चुनाव स्थगित गर्नुपर्छ भन्ने मेरो शुरूदेखिको धारणा हो,’ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘पदाधिकारी बैठकको निर्णयपछि चुनाव सार्ने÷नसार्ने भन्ने टुंगो लाग्नेछ ।’

यद्यपि महासंघभित्रकै एक खेमा भने निर्वाचन स्थगन नहुने पक्षमा रहेको छ । यसअघि फागुन ३० गतेको महासंघको स्थायी कमिटीको बैठकमा पनि चुनाव स्थगनबारे छलफल भएको थियो । सो बैठकमा चुनाव सार्नुपर्ने अवस्था तत्काल नरहेको भनाइ अधिकांश सदस्यको थियो । यसैबीच, सुर्खेत उद्योग वाणिज्य संघले चुनाव स्थगित गर्नुपर्ने माग सार्वजनिक रूपमै राखेको थियो । 

महासंघले चैत २८/२९ मा काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारणसभाका साथै नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने निर्णय गरेको थियो । 

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नयाँ अध्यक्ष हुँदै छन् । तर, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदका लागि भने चुनावी प्रतिस्पर्धा हुँदै छ । 

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा छ । चुनाव नजिकिँदै जाँदा प्यानल नै बनाएर ढकाल र प्रधान अहिले देश दौडाहामा छन् । 

चुनावमा ढकाल प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र जिल्ला उद्योग नगरको चुनावका लागि गुणनिधि तिवारी उठ्दै छन् । यता प्रधान पक्षबाट वस्तुगततर्फ अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ चुनावको तयारीमा जुटेका छन् । यस्तै एशोसिएटतर्फ सौरभ ज्योति र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुँदै छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)