ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य महासंघको चुनाव जेठ ८ गते

२०७६ चैत, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

चैत ६, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं साधारण सभा र नयाँ नेतृत्वको निर्वाचन स्थगित भएको छ । बिहीवार महासंघ पदाधिकारी वैठकले चैत २८/ २९ मा गर्ने भनिएको महासंघको साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । 

महासंघ पदाधिकारिको वैठकले जेठ ७/ ८ गते साधारण सभा गर्ने  र जेठ ८ गते नै चुनाव गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले सर्तकताका थपकदमहरु चालेसंगै साधारण सभा र निर्वाचन स्थगित गर्नुपर्ने दवाव महासंघ माथि परेको थियो ।

बुधवारको वैठकमा नै चुनाव सार्ने पक्का भइसकेकोमा महासंघकी अध्यक्ष भवानी राणाले आधिकारिक निर्णयका लागि बिहीवार पदाधिकारी वैठक बोलाएकी थिइन् ।
सरकारले नै एक महीना सभा सम्मलेन नगर्न आग्रह गरेपछि चुनाव स्थगन गरिएको उनले बताइन् ।  

यसअघि फागुन ३० गतेको महासंघको स्थायी कमिटीको वैठकमा पनि चुनाव स्थगनबारे छलफल भएकोमा तत्काल कोरोनाले असर नपु¥याएको भन्दै अधिकांश सदस्यले चुनाव स्थगन गर्न नहुने धारणा राखेपछि तत्काल चुनाव नसार्ने निर्णय भएको थियो । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)