ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विमानस्थलहरुको सरसफाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार गरिने

११ ओटा विमानस्थलहरुको सरसफाई ‘अडिट’पेश

२०७६ चैत, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत ७, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाईको ‘अडिट’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाएको छ ।

एनआरएनएका अभियन्ता एवम् सफाई विज्ञ खेमनाथ शर्माको कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, धनगढी, नेपालगञ्ज, गौतमबुद्ध विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, विमानस्थलको स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारेको थियो । 

कम्पनीले ११ विमानस्थलहरुको सर सफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’ तयार पारेको थियो । ‘अडिट’मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानूनी समस्या र आगमी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तरराष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने, सफाईका स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने, सरसफाई मजदुरलाई तालिमको व्यवस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिए ।

अडिट प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्री भट्टराईले सुझावहरु महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई शुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिए । उनले अन्तरराष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाई लागि सरकारले काम गर्ने बताए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उनले बताए । 

उनले ती सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिए । ती सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महीनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्नका लागि पनि मन्त्री भट्टराइले निर्देशन दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)