ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्क आपतकालीन कोषमा नेपालले १० करोडको योगदान गर्ने

२०७६ चैत, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत ७, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानको लागि १० करोडको योगदान गर्ने भएको छ । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेको सार्क आपतकालीन कोषमा नेपालले सो रकम योगदान गर्ने घोषणा गर्नु भएको हो । 

चैत २ गते सार्क राष्ट्रका प्रमुखहरुको भिडियो कन्फरेन्सको क्रममा भारतले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोरोना भाइरस (कोभिड–१९) सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको थियो ।

उक्त कोषमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल १० मिलियन अर्थात करीब १ अर्ब नेपाली रुपैयाँ दिने घोषणा गरेका थिए । यो कोषमा सार्क क्षेत्रका हरेक राष्ट्रले यसमा स्वःएच्छिक योगदान गर्न सक्ने र अप्ठ्यारोमा आवश्यकता हेरेर यसलाई परिचालन गर्न सकिने मोदीले बताएका थिए । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)