ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य जाँच अनिवार्य

२०७६ चैत, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत ७, काठमाडौं । सरकारले सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गर्ने भएको छ । यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउने व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा उल्लेख गर्नुभयो । उहाँले यस सम्बन्धमा छिमेकी राष्ट्रहरुसँग आवश्यक समन्वय गरिने समेत बताउनुभयो । 

महामारीको अवस्थालाई हेरी नागरिककै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चैत ९ देखि २१ चैतसम्म देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू लागि बन्द गर्ने घोषणा गर्नुभयो । 

प्रधानमन्त्रीले सम्बोधनको क्रममा यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी, दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील भएको समेत बताउनुभयो । उहाँले यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै आम नागरिकलाई नआत्तिन तर सचेत र सर्तक रहन आग्रह समेत गर्नुभयो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)