ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वास्थ्य सामग्रीको निर्यातमा रोक   

अत्यावश्यक वस्तुको भन्सार जाँचपास दुई घण्टाभित्रै  

२०७६ चैत, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

चैत ९, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै मुलुकभित्रै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको निर्यातलाई सरकारले बन्द गरेको छ ।भन्सार विभागले स्वास्थ्य सामाग्री अन्तर्गत पर्ने औषधी, मास्क, सेनिटाइजर, पीपीई, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पञ्जामा रोक लगाएको हो ।

कोरोना जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको निर्यातलाई तत्काल रोक्न सबै कार्यालयलाई पत्राचार गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

उनका अनुसार भन्सार नाकामा औषधीको कच्चा पदार्थसहित दैनिक अत्यावश्यक वस्तुहरुको आपूर्तीको जाँचपासलाई सरकारले अझ सहज बनाउने भएको छ ।  

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विदेशबाट आयात हुने औषधिजन्य वस्तु, सुरक्षाजन्य, खाद्य वस्तु, पेट्रोलियम पदार्थ र एलपी ग्यासजस्ता वस्तुको भन्सार पास २ घण्टा भित्रै गर्न सबै कार्यालयललाई निर्देशन दिएको महानिर्देशक दाहालले बताए । 

विभागले भन्सारमा हुने कुनै पनि खाले समस्या तत्काल समाधान गर्न ‘रेसपोन्स टिम’ को खडासमेत गरेको छ ।  

विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीसहितको पाँच सदस्यीय ‘क्वीक रेस्पोन्स टिम’ ले भन्सारमा देखिने समस्याको केन्द्रीय तहबाट समाधानको पहल गर्ने जिम्मेवारी तोकिएको हो । विभागका अनुसार आइतवारसम्म दैनिक उपभोग्य वस्तुसहित कुनै पनि वस्तुको आपूर्तिमा भन्सारमा अबरोध छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)