ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कञ्चनपुर लकडाउन

२०७६ चैत, १०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमै पहिलोपटक कञ्चनपुर जिल्लालाई लकडाउन गरिएको छ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले आइतवार राति १२ बजेबाट लागू हुने गरी जिल्लालाई नै लकडाउन गर्ने निर्णय गरेको सहायक जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरिएको छ । लकडाउन जिल्लाभर लागू हुने उनको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ । साथै निर्देशनको पालन नगरे कारबाही गरिने चेतावनीसमेत दिइएको छ । 

‘कञ्चनपुरमा नोबेल कोरोना भाइरस संक्रमणको आशंकामा केही व्यक्तिलाई निगरानीमा राखेका छौं,’ सहायक जिल्ला अधिकारी उपाध्यायले भने, ‘भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाएका छौं, आम नागरिकलाई घरबाहिर ननिस्कन अपील गरिएको छ ।’ 

दैनिक उपभोग्य सामान विक्री हुने पसलबाहेक अन्य सबै पसल, उद्योगधन्दा तथा व्यवसायसमेत अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । यसैबिच जिल्ला प्रशासनले पश्चिमी सीमा नाका गड्डाचौकी चैत १० गते बिहानबाट पूर्ण रूपमा बन्द गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मंगलवार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत आवतजावत बन्द गर्ने निर्णय गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)