ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षा निकाय पनि खरीद गर्दै

२०७६ चैत, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । मंगलवारबाट सरकारले मुलुक १ हप्ता ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)ले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र आह्वानसम्मको तयारी तीव्र बनाएका छन् । 

नेपाली सेनाले पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पीपीई), भेन्टिलेटर, एन–९५ मास्क खरीदका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यी सामग्री तथा उपकरणका लागि सरकारले रू. १० करोड दिएको र सेनाको कल्याणकारी कोषका साथै आन्तरिक बजेटबाट रू. ७ करोड व्यवस्था गरिएको बताए । सेनासँग ३ हजारको हाराहारीमा रहेको पीपीई सम्बन्धित निकायमा वितरण गरिएको र हाल सेनासँग १५० पीपीई स्टकमा रहेको बताए । त्यस्तै, सशस्त्रले कोभिड–१९ को उपचारका लागि स्थापना गरिने आईसीयू वार्डका लागि आवश्यक उपकरण तथा सामग्री खरीद गर्न आइतवार नै खरीद प्रस्ताव आह्वान गरिसकेको छ ।

खरीद प्रक्रियाको शिलबन्दी १४ गते खुला गरी तुरुन्त ती सामग्री ल्याउने गरी गृहकार्य अघि बढाइएको एपीएफका नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले बताए । एपीएफका ३ अस्पतालमध्ये काठमाडौंको बलम्बुमा रहेको ११० शय्याको अस्पताललाई पूर्णरूपमा कोरोना संक्रमितको उपचारका लागि उपयोगमा ल्याउने सरकारले घोषणा गरिसकेको छ । सोेही अस्पतालका लागि यी उपकरण ल्याउन लागिएको श्रेष्ठले बताए ।

कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राख्न नेपाली सेनाले २५ सय, सशस्त्र प्रहरीले १ हजार र नेपाल प्रहरीले ३५० शय्याको पूर्वाधार तयार पारेका छन् । श्रेष्ठका अनुसार एपीएफले हाल सातओटै प्रदेशलाई लक्षित गरी १ हजार शøयाका क्वारेन्टाइन निर्माण गर्दै छ । सेनाका प्रवक्ता पाण्डेले हालसम्म सेनाले २२ सयदेखि २५ सय शøयाका क्वारेन्टाइन बनाएको जानकारी दिए । तत्कालका लागि सेनाले उपत्यकाभित्र छाउनी अस्पताल र सैनिक मुख्यालय भद्रकालीका साथै सातओटै प्रदेशमा क्वारेन्टाइन बनाइसकेको छ । प्रदेश १ मा ४४०, २ मा २०१, बागमतीमा ३५८, गण्डकीमा ५९, प्रदेश ५ मा २४१, कर्णालीमा २६० र सुदूरपश्चिम प्रदेशमा २६० शय्याका टेन्ट क्वारेन्टाइन निर्माण गरिएको हो । 

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नियमित बजेटबाटै टेन्ट क्वारेन्टाइन, स्यानिटाइजर, मास्क खरीद गरिएको बताए । ‘महाराजगञ्जमा रहेको अस्पताल तयारी अवस्थामा छ, अस्पतालको पछाडिपट्टिको गणमा ५० ओटा शय्याको टेन्ट क्वारेन्टाइन बनाइएको छ, यसका साथै पुलिस हेडक्वार्टरमा ३० वार्ड (आन्तरिक प्रयोजनका लागि) र ७ ओटै प्रदेशमा ५०/५० शय्याका टेन्ट क्वारेन्टाइन बनाउन निर्देशन दिइसकेका छौं,’ उनले बताए ।

कोरोना उपचारका लागि महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, दीपायल, नेपालगञ्ज र सप्तरीको रूपनीमा रहेका अस्पताल प्रयोग गर्न सम्बन्धित प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई निर्देशन दिइसकेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)