ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अत्यावस्यकीय सेवा प्रवाह गर्ने व्यवसायी पीडित

२०७६ चैत, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत १२, कास्की । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन प्रशासनले कडाइ गरेपछि अत्यावस्यकीय सेवा अन्तर्गत पर्ने व्यवसायी समस्यामा परेका छन् ।

उनीहरुले स्थानीय प्रहरी प्रशासनका कारण सेवा प्रवाहमा समस्या देखिएको आरोप लगाएका छन् ।सरकारले अत्यावस्यकीय सेवामा सूचीकृत गरेका कृषि जन्य उत्पादन, स्वास्थ्य सेवा, खानेपानी, दैनिक उपभोग्य बस्तु, होटल व्यवसाय संचालन गर्ने व्यवसायीले अनावस्यक रुपमा प्रहरी प्रशासनले दु : ख दिएको गुनासो गरेका हुन् ।

प्रशासनले पोल्ट्री र कृषि जन्य उत्पादन ओसारपसार गर्न पास नचाहिने बताएपनि सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीहरुबाट भने  झन्झट बेहोर्नु परेको पोल्ट्री व्यवसायी बिजय पाण्डेले बताए ।

‘पोल्टी व्यवसायीले गाईबस्तु र कुखुराको दाना ओसारपसार गर्दासमेत चेकिङमा खटिने प्रहरीले पास देखा भन्छन्’, उनले भने । ‘तर जिल्ला प्रशासनमा जाँदा कृषिजन्य उत्पादन र अन्य अत्यावस्यकीय सेवालाई पास चाहिदैन भन्छ, पास दिइदैन, अब कसरी सेवा दिन सकिन्छ ?’, उनले प्रति प्रश्न गरे । 

राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपाल गण्डकी प्रदेशका सचिव जीवन कुमार अधिकारीले स्थानीय प्रशासनबीचको समन्वयको अभाबमा दुग्ध उत्पादक कृषकहरुले विभिन्न समस्या भोग्नु परेको बताए ।

कृषकले उत्पादन गरेका दुग्ध जन्य उत्पादन बजार ल्याउदा सुरक्षा जाँचमा खटिने प्रहरीबाट गाडी रोक्ने लगायतका समस्या देखिएको उनले बताए । ‘व्यवसायीका समस्यामा स्थानीय प्रशासन गम्भिर बन्नुपर्छ’, उनले भने ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कमिलनाथ कोइरालाले सारकारले तोकेका अत्यावस्यकीय बस्तुको सेवा प्रबाहलाई सहज बनाउने उद्धेस्यले स्थानीय प्रशासनसँग आग्रह गरेको बताए । उनले सेवा प्रबाहमा समस्या देखिएपछि बैठकनै बसेर अत्याबस्यकीय सेवालाई सहज बनाउने बिषयमा छलफल गरेको पनि बताए ।

उनले भने, ‘छलफलमा व्यवसायीका विभिन्न समस्याका वारेमा पनि ध्यानाकर्षण गराएका छौं, यसलाई समाधान गर्न प्रशासन तयार देखिएको छ ।’

उनले बजारमा अहिले सम्म कुनै पनि बस्तुको थोक मुल्यमा मुल्य वृद्धि नभएको बताए । 

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले अत्यावस्यकीय बस्तुको ओसारपसारमा समस्या नरहेको बताए । केही व्यवसायीले एउटा प्रयोजनलाई देखाएर अन्य कार्य गरेका कारण सुरक्षा जाँचमा खटिने प्रहरीले सवारी नियन्त्रणमा लिएको बताए । ‘व्यवसायीले गलत प्रयोजनमा प्रयोग गर्नु भएन’ ,उनले भने ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)