ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरले किटनासक औषधि छर्कन थाल्यो नगरक्षेत्रमा

२०७६ चैत, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत १३, कास्की । पोखरा महानगरपालिकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन अभियान शुरु गरेको छ । पहिलो पटक महानगरले आफ्नै का न्यूरोडस्थित कार्यालय परिसर क्षेत्रबाट किटनासक औषधी छर्ने अभियान शुरु गरेको हो । 

अभियानको बिहीवार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुरुवात गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन किटनासक औषधी छर्न शुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । 

उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए । 

प्रमुख जिसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग आग्रह गरेका छन् । 

महानगरमा पहिलो चरणमा १०० लिटर उक्त किटनासक औषधी ल्याइ छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरीद गरी मुख्य मुख्य स्थानमा किटनासक औषधी छरिने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए । 

उनले विशेष गरी यो किटनासक औषधी अस्पताल र सार्वजनिक स्थल जहाँ भीडभाड बढी हुन्छ, त्यहाँ छर्किने बताए । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)