ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन अवधिभर भ्यानमा घुम्ती पसल सञ्चालन हुने

घर- घरमा खाद्यवस्तु पु¥याउन गृह मन्त्रालयको निर्देशन

२०७६ चैत, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

चैत १३, काठमाडौं । सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घुम्ती पसल सञ्चालन गर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीवार उद्योगी व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केटर ग्रोसरी, खाद्य स्टोर तथा महानगरपालिकाका पदाधिकारीसँग गरेको छलफल पछि घर–घरमा खाद्यवस्तु दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन निर्देशन दिएको हो ।

गृहसचिव महेश्वर न्यौपानेले लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होमडेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरे । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई सरकारी कम्पनी (साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी) र उपत्यकामा सञ्चालित निजी डिपार्टमेन्टल स्टोरहरूलाई मोबाइल भ्यानमार्फत घुम्ती पसल सञ्चालन गर्न निर्देशन दिइसकेको छ । 

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले ४ ओटा र खाद्य व्यववस्था तथा व्यापार कम्पनीले दुई ओटा घुम्ती पसल सञ्चालन गर्नेछन् । १८ ओटा घुम्ती पसल भने निजी क्षेत्रबाट सञ्चालन गर्ने छन् ।

आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार मन्त्रीको निर्देशनपछि शुक्रवारदेखि नै उपत्यकामा घुम्ती पसल शुरू गर्ने तयारी छ, जहाँ खाद्यान्न र अत्यावश्यक वस्तु उपलब्ध हुनेछन् । साल्ट ट्रेडिङले लकडाउनपछि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेमा गरी छ ओटा पसल शुरू गरिसकेको छ ।

बनेपा, भक्तपुर, कोटेश्वर, सतुङ्गल, कालिमाटी र जावलाखेलमा नयाँ पसल शुरू गरिसकिएको छ । घुम्ती पसलमा खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध तथा दुग्जन्य पदार्थ, पानी, सरसफाई सामग्री, चिनी, तेल जस्ता वस्तु उपलब्ध हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)