ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३०७ जना यूरोपियन पर्यटक लिएर कतार एअर दोहा उड्यो 

२०७६ चैत, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

चैत १४, काठमाडौं । कोभिड– १९ को संक्रमणबाट बच्न सरकारले उच्च सर्तकता अपनाउँदै लकडाउन गरेपछि नेपालका विभिन्न ठाउँमा अलपत्र परेका ३०७ जना यूरोपियन पर्यटक स्वदेश फर्किएका छन् । 

जर्मन तथा फ्रेन्च दूतावासले विमान चाटर्ड गरेर ल्याएका विदेशीहरु स्वदेश गएका हुन् ।  

बिहीवार लुक्लाबाट उद्धार गरी ल्याइएका,पोखरामा रोकिएका तथा काठमाडौंका विभिन्न स्थानमा रहेका ३०७ यूरोपियन नागरिकहरु कतार एयरलाइन्सको विमानबाट शुक्रवार  स्वदेश फर्किएका हुन् । 

दोहाबाट खाली आएको सो जहाज शुक्रवार विहान १० : १५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । फ्रेन्च र जर्मन दूतावासको पहलमा ३०५ जना वयस्क र ३ जना बालबालिका गरी ३०७ जना यूरोपियन नागरिक स्वदेश फर्किएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक देबेन्द्र केसीले जानकारी दिए ।  

नेपालमा लकडाउन भएपछि २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेपछि बिहीवार तारा एअर मार्फत उनीहरुको उद्दारको लागि शुक्रवार त्यसतर्फ जहाज पठाइएको छ । 

काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि निजी क्षेत्रका जहाजमार्फत बिहीवार उद्दार गरिएको थियो । यस्तै बुद्ध एयरको विमान चार्टर गरी पोखरामा रहेका फ्रेन्च तथा जर्मन गरी थप ५० जना नागरिकलाई काठमाडौं ल्याएको थियो ।

अहिले पनि विभिन्न ठाँउमा सयौं पर्यटकह अलपत्र अवस्थामा रहेका छन् । कतिपय पर्यटक सुरक्षित अवसथामा रहेपनि केही अलपत्र अवस्थामा रहेकोले उनीहरुको खोज तथा उद्दार जारी रहको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) ले  जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)