ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तातोपानी नाका सुचारु, चिकित्सा सामग्री शनिवारसम्म काठमाडौं आइपुुग्दै

२०७६ चैत, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

चैत १४, काठमाडौं । नेपालको चीनतर्फको तातोपानी नाका सुचारु भएको छ । 

भन्सार विभागका अनुसार सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै नेपाल आउन लागेको हो । चीनले नेपाललाई २ हजार थान मेडिकल किट पठाएको  छ ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरूले मेडिकल प्रोटोकल पालना गर्दै मालवस्तु जाँच गर्ने बतााइएको छ । 

 स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली पनि तयारी अवस्थामा राखिएको छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत रुपमै पुनःसञ्चालन हुने भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । 

उनका अनुसार नाकाबाट चिकित्सा सामग्रीका साथै तरकारी, फलफूल पनि आज भित्रयाउने तयारी छ ।रसुवागढी नाका पनि संचालनमा ल्याउनका लागि अन्तिम तयारी भैरहेको विभागले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)