ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा सामान कसरी खरीद गर्ने ? ( हेर्नुस् सूची )

२०७६ चैत, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

चैत १५, काठमाडौं । मुलुक यतिखेर कोरोना भाइरसको संक्रमण रोकथाम तथा  न्यूनिकरणका लागि साताव्यापी लक डाउनमा रहेको छ । सरकारले यो अवस्थामा रोकथाम तथा न्यूनिकरणका लागि भगिरथ प्रयास गरिरहेको छ ।

निजी क्षेत्रले पनि सरकारको यो प्रयासमा अथक सहयोग गरिरहेका छन् । अझ नागरिकस्तरबाट हेर्ने हो भने त नागरिकहरुले लकडाउनमा अनेकन कष्ट सहेर पनि साथ र सहयोग गरिरहेकै छन् ।

यतिखेरको विषम परिस्थितिमा नागरिकले दैनिक उपभोग्य सामानहरुको अभाव झेलिरहेका छन् । सरकार उपभोग्य सामानहरुको अभाव हुन दिन्नौं भनिरहेको छ । तैपनि बजारमा उपभोग्य सामानहरु किन्न पाइरहेका छैनन्, सर्वसाधारणले । सरकार तथा निजी क्षेत्रले आपूर्तिमा सहजता ल्याउन प्रयास गरिहेको भएता पनि यतिखेर नाफाखोरीहरु जगमगाएका छन्, मौका छोप्न  ।

विषम परिस्थितिमा मानवीय न्यूनतम आवश्यकताहरु पुरा हुन लगभग असम्भव भएतापनि नभई नहुने गाँस,बास र कपासको ग्यारेन्टी गर्न सरकारले तत्काल पहल गर्नु आवश्यक छ । कोरोना भाइरस छिट्टै संक्रमित व्यक्तिको सम्पर्कमा आउनेलाई सर्ने एक प्रकारको निमोनिया हो ।

यस्तो अवस्थामा एक व्यक्ति, अर्को वा अपरिचित व्यक्तिको सम्पर्क(नजिक) मा आउनुहुँदैन । मानिसहरू एकअर्काको सम्पर्कमा धेरै नआऊन् भन्नका खातिर नै लकडाउन  गरिएको हो । यसैले पनि यसमा हेक्का राख्न जरुरी छ ।

निश्चय पनि सहजपरिस्थिति भए कहींकतै पनि निषेधाज्ञा या बन्दाबन्दी या त निषेधावधि (लकडाउन) हुँदैन, गर्न पनि मिल्दैन । यतिखेर हाम्रो देश मात्र होइन विश्वले नै असहज परिस्थिति भोगिरहनु परिरहेको छ ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले महामारीको संज्ञा दिएको कोरोना भाइरसको संक्रमणबाट  विभिन्न विधिहरु सार्वजनिक गरिसकेको छ । उसले सार्वजनिक गरेको विधिहरु अपनाउने हो भने पनि हामी सजिलैसँग संक्रमित हुनबाट बच्न सक्दछौं । 

संक्रमित हुनबाट  बच्न घरबाहिर त ननिस्कन पनि सकिन्छ । सामाजिक दुरी पनि बढाउन सकिन्छ । त्यसो भए जिबीका कसरी चलाउने  त ? यो प्रश्न उठ्न सक्दछ । प्रश्न उठ्नु स्वभाविक पनि हो । यतिखेर खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्रीको अभाव भइरहेको छ ।

बजारमा जाऊँ भने पसल बन्द छन् । चाहिएको सामान खरीद गर्न पैसा भएर पनि सर्वसाधारणले पाएका छैनन् । विहानबेलुकाको गर्जो  टार्न  ग्यास  र खाद्यावस्तुहरु सकिएका छन् । रकम अभाव भएको  छ । बैंकहरु बन्द छन् ,भएका बैंक पनि सर्वसाधारणको  पहुँचभन्दा टाढा छन् ।

एटीएम बुथमा जाऔं भने त्यसैपनि संक्रमण हुने डर, त्यसमा पनि सुरक्षाकर्मीको  हप्कि दप्कि । कम्ती आपत् छैन,कतिपय बैंकको एटीएमले  काम गरिरहेको छैन । मानौं यतिखेर पैसा हुनेहरुका लागि पनि पैसाको मूल्य नै छैन । 

सरकारले दैनिक अत्यावश्यक पसलहरूलाई निर्वाध रुपमा खोल्न त भनेको छ तर व्यापारीहरु मालवस्तु नै छैन भनिरहेका छन् । आपूर्ति गर्ने साधान थन्किएका छन्, आवागमन सहज छैन । चालकहरु विदामा घर बसेका छन्  । यस्तो अवस्थामा  के गर्ने  त सर्वत्र अन्यौल छ ।  

त्यसैले यस्तो अवस्थामा केहि उपायहरु अपनाउन सकिन्छ जसबाट सहज तरिकाले अत्यावश्यक मालवस्तु खरीद गरेर जोहो गर्न सकिन्छ । 

यसैले यहाँ, पाठकहरुको हितका लागि अत्यावश्यक सामान खरीद गर्न सकेसम्म बाहिर जानु नपरोस वा गइहालेपनि थोरै समयमा काम सकियोस भन्ने लागेर सूची प्रस्तुत गरिएको छ । यसो गर्ने हो भने त केहि सहज अवश्य पनि हुनेछ ।

१. आफूलाई पायक पर्ने पसलमा फोन, फेसबुक,भाइबर, म्यासेन्जर आदिबाट सामानको सूची टिपाऔं ।
२. व्यापारीहरुले पनि ईमान्दारिताकासाथ ग्राहकका लागि सामानको पोको बनाऔं ।
३. सकेसम्म डिजिटल माध्यमबाट पैसा तिरौं ।
४. होम डेलिभरी गरौं वा छोटो समयमा सामान लिएर हिडौं ।
५. याद गरौं,पसलका व्यापारीहरु पनि उच्च जोखिममा छन्, सावधानी अपनाऔं, निश्चित दुरीबाट सामानको लेनदेन गरौं । अर्थात् घेरा वा संकेत बनाएर कारोबार गरौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)