ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

परिसंघद्वारा ७५ हजार थान मास्क तथा पीपीई हस्तान्तरण 

२०७६ चैत, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

चैत  १५, काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई ७५ हजार थान मास्क सरकारलाई हस्तान्तरण गरेको छ ।

शनिवार परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वाथ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई १०० थान व्यक्तिगत सुरक्षा कवच(पीपीई) सहित ७५ हजार थान मास्क हस्तारन्तरण गरेको हो ।

चीनबाट अन्य स्वास्थ्य उपकरण ल्याउने प्रयास पनि भइरहेको बताउँदै परिसंघका अध्यक्ष सतीश कुमार मोरले नेपालमै पीपीई उत्पादनको तयारी पनि गरिरहेको बताए । ‘हामीले आवश्यक सामग्री ल्याएर अध्ययन गरिरहेका छौं, यही साताभित्र पीपीई उत्पादन अघि बढ्छ’, उनले भने ।

रास्ट्रिय संकटको वेला राज्यलाई सहयोग गर्नु परिसंघको दायित्व भएको बताउँदै उनले सहयोगलाई अझै विस्तार गरिने बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)