ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौधरी फाउण्डेसनले गण्डकी प्रदेशमा मास्क र पीपीई बाँढ्यो

२०७६ चैत, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत १५, कास्की । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको रोकथाम र उपचारका लागि चौधरी फाउण्डेसनले गण्डकी प्रदेशमा अत्यावश्यक सामग्री शनिवार वितरण गरेको छ । 

फाउन्डेसनले गण्डकी प्रदेशको चार ओटा स्वास्थ्य संस्थामा ४० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र २ हजार थान सर्जिकल मास्क वितरण गरेको हो।

फाउण्डेसनले १० / १० थान पीपीई  र  ५००/ ५०० थानका दरले सर्जिकल मास्क प्रदेश अन्तर्गतका ४ ओटा जिल्लालाई हस्तान्तरण गरेको हो । 

फाउन्डेसनले सामाग्री वितरण गरिएका स्वास्थ्य संस्थामा मातृशिशु मितेरी अस्पताल पोखरा, पर्वत जिल्ला अस्पताल, गोरखा जिल्ला अस्पताल र बाग्लुङ्ग जिल्ला अस्पताल रहेको मातृशिशु मितेरी अस्पताल प्रमुख प्रतिभा गौलीले बताइन् ।

बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न फान्डेसनले पीपीई उपलब्ध गराएको उनले बताइन् । 

जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पीपीई लगायत अन्य आवश्यक सामग्रीको अभाव नहोस् भन्ने उदेष्यले फाउण्डेसनले हेल्पलाइन शुरु गरेको बताइएको छ । बिरामीको स्वास्थ्य उपचारमा संग्लन्न स्वास्थ्य कर्मीका लागि पीपीई आवस्यक परेको अवस्थामा सम्पर्क गर्न पनि फाउण्डेसनले अनुरोध गरेको छ ।

फाउन्डेशनले कोभिड–१९ परीक्षण गर्नका लागि आवस्यक पर्ने किट बाहिरी मुलुकबाट निर्यात गर्न लागेको बताएको छ । त्यस्तै अक्सिजन उत्पादन गर्ने उपकरण र भेन्टिलेटर अभाव पूर्ति गर्न बाहिरी मुलुकबाट आयात प्रक्रिया शुरु गरेको फाउण्डेसनले बताएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)