चैत १५, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक महिला भेटिएको छ ।
नयाँ संक्रमित बेल्जियमबाट फर्किएकी १७ वर्षिया किशोरी रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् । उनको अवस्था अहिले सामान्य छ ।