ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा र लुक्लाबाट शनिवार ७५ पर्यटकको उद्धार

२ दिनमा ९१५ यूरोपेली पर्यटकले नेपाल छाडे

२०७६ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । लकडाउनको कारण नेपालका विभिन्न ठाउँमा रोकिएका ९१५ जना यूरोपेली पर्यटक चार्टर्ड विमानमार्फत स्वदेश फर्किएका छन् । शुक्रवार ३०७ जना र शनिवार ६०८ जना पर्यटक गरी २ दिनमा ९१५ जना पर्यटकले नेपाल छाडेका हुन् । जर्मन र फ्रेन्च दूतावासले विमान चार्टर्ड गरी आफ्ना नागरिकको उद्धार गरी स्वदेश लगेका छन् ।  

शनिवार बिहान पौने १२ बजे र पौने १ बजे कतार एयरवेजका दुईओटा विमानले यूरोपेली संघमा आबद्ध देशका ६०८ जना पर्यटक लिएर उडान गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । यसरी स्वदेश फर्किनेमा यूरोपेली मुलुक स्वीडेन, फ्रान्स र जर्मनीका नागरिक छन् । धेरैजसो यूरोपेली नागरिक नेपालमा पदयात्राका लागि आएका थिए । कतिपय पर्यटक पदयात्राकै क्रममा अलपत्र परेका थिए भने केही विभिन्न होटलमा बसेका थिए । यस्तै बिहीवार लुक्लाबाट उद्धार गरी ल्याइएका, पोखरामा रोकिएका र काठमाडौंका विभिन्न स्थानमा रहेका ३०७ यूरोपेली नागरिक कतार एयरलाइन्सको विमानबाट शुक्रवार स्वदेश फर्किएका थिए । फ्रेन्च र जर्मन दूतावासको पहलमा यूरोपेली नागरिक स्वदेश फर्किएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।  

यसैगरी लकडाउनपछि अलपत्र ७५ जना पर्यटकलाई शनिवार उद्धार गरी काठमाडौं ल्याइएको छ । यती एयरलाइन्स र यसको भगिनी संस्था तारा एयरले पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना पर्यटकको उद्धार गरी शनिवार काठमाडौं ल्याएका हुन् । उद्धार गरिएकोमा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी ६१ जना जर्मन तथा यूरोपेली नागरिक छन् भने लुक्लाबाटै १४ जना अस्ट्रेलियन नागरिक रहेको यती एयरलायन्सले जानकारी दिएको छ । पर्यटक उद्धारका लागि यती एयरलाइन्सको ७२ सीट क्षमताको एटीआरबाट पोखरा र तारा एयरको १८ सीट क्षमताको ट्वीनअटर विमान लुक्ला पठाइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)