ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना परिक्षणका सामग्री चीनबाट आइपुग्यो

२०७६ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत १६, काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९)परिक्षणका लागि आवश्यक उपकरण लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आइतवार विहान  ५ बजे आइपुगेको छ । उक्त जहाज शनिवार अपरान्ह चीनको क्वानचाउ गएको थियो ।

जहाजबाट कोरोना भाइरस परिक्षणका किट्स, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), औषधि र अन्य मेडिकल उपकरण आइपुगेको नेपाल उड्यन प्राधिकरणले बताएको छ ।

स्वास्थ्य मन्त्रालयको अर्डरअनुसार अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको आरए ४१७१ विमान चीनको क्वान्चउ उडेको थियो । सरकारले करीब रू.१ अर्ब बरावरको स्वास्थ्य सामग्री खरीद गरेर ल्याएको छ । 

उक्त  जहाजमा सरकारले खरीद गरेको स्वास्थ्य सामग्री बाहेक ज्याक मा फाउन्डेसनले सहयोगका गरेका स्वास्थ्य सामग्री र सिचुवान प्रान्तीय सरकारले दिएको सामग्री पनि रहेका छन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Menuka kc

[Mar 29, 2020 05:08am]

Yo kasari kharid gareko manne jahaki donation vanera indicated xa, only transportation cost Matra include garnuparne hoinara?



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)