ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कसरी प्रयोग गर्ने कोरोनाको रोकथामका लागि सेनाको  क्राउड सोर्सिङ एप ?

२०७६ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत १६, काठमाडौं  । कोरोना भाइरस (कोभिड– १९) कोे रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले क्राउड सोर्सिङ एप प्रयोगमा ल्याएको छ  । 

नेपालमा  कोरोना भाइरसको संक्रमण देखिएको र भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी संक्रमणको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सर्वसाधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले (कोभिड –१९) रेसपोन्स मोबाइल एप  तयार गरि प्रयोगमा ल्याएको नेपाली सेनाले जानकारी दिएको छ । 
छ ।
यसको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाईमा कोरोना भाइरस सम्बन्धि कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ । साथै यस बिपद्को घडिमा जनमानसमा विभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्नसमेत यो एपले  सहयोग पुर्‍याउने विश्वास सेनाले लिएको छ ।

एप्समार्फत प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न  सहयोग पुग्ने विश्वास छ ।

नेपाली सेनाका अधिकारीहरुले बताए अनुसार यसको प्रयोग गर्न शुरु प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्ने र त्यसपछि  प्रयोगकर्ताले नेपाली सेनाले जारि गरेका सूचनाहरु सहज रुपमा प्राप्त गर्ने छन् ।
 

प्रयोगकर्ताले एम्समार्फत आफ्नो परिवार, छर छिमेक तथा साथीभाईमा  कोरोना सम्वन्धि कुनै लक्षण देखिएमा बिरामीको व्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन् ।

बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितिमा परिवर्तन आएमा सोको विवरण पूनः अध्यावधिक गर्नअनुरोध गरिन्छ । यसको प्रयोगको विधि तथा गोपनियताको नीतिको लागि नेपाली सेनाको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने नेपाली सेनाले बताएको छ ।

एनड्रोइड मोबाइलका लागि तयार पारिएको उक्त एप नेपाली सेनाको वेबसाइट www : nepalarmy.mil.np मा गएर आ– आफ्नो मोबाइलमा डाउनलोड गर्न सकिन्छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)