ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना भाइरस नियन्त्रण उच्चस्तरिय उपसमितिको बैठक शुरु

अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

२०७६ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

चैत १६, काठमाडौं  । कोरोना भाइरस (कोभिड– १९) रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठक  सिंहदरबारमा शुरु भएको छ । 

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उक्त समितिले हालसम्मको कोराना संक्रमण  तथा रोकथामका लागि भएगरेका कामको समीक्षा गर्दै थप रणनीबित बनाउने बताइएको छ । 

उपसमितको बैठकपछि आइतवारनै साँझ ४ बजे बालुवाटारमा मन्त्रिपरिषदको पनि बैठक बस्ने भएकोले मन्त्रिपरिषदमा लैजाने विभिन्न प्रस्तावबारे पनि छलफल हुने रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

यस्तै मन्त्रिपरिषद्को बैठकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप सजगता अपनाउनेबारे छलफल हुने बताइएको छ । 

 स्रोतका अनुसार  बैठकले विशेष राहत प्याकेज ल्याउने, कोरोना संक्रमणका लागि आवश्यक उपकरण तथा औषधीको आपूर्ति तथा लकडाउनको समयावधि थप गर्ने लगायतका विषयमा निर्णय गर्ने बताइएको छ । 

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ५ जना पुष्टि भइसकेको र अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउन बढाउन सक्ने स्रोतले जानकारी दिएको छ ।

गत चैत ९ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत १८ गते बिहान ६ बजेसम्म मुलुकभर लकडाउन गर्ने निर्णय गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)