ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकासको रकम कोरोना नियन्त्रणमा खर्च गरिदै  

२०७६ चैत, १६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

चैत  १६, धनगढी । कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै सुदूरपश्चिम प्रदेश सरकारले विकास निर्माणको रकम कटौती गरेर विकास बजेट रकमान्तर गर्दै आएको छ । 

प्रदेश सरकारले महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै एक उपमहानगरपालिका, ३३ नगरपालिकाका लागि रू.४/ ४ लाख तथा ५४ गाउँपालिकामा रू.३/ ३ लाखका दरले रकम विनियोजन गरेको हो । 

कोरोना रोकथाम, नियन्त्रण, आईसोलेशन र क्वारेन्टाइन निर्माणका लागि भन्दै प्रदेश मन्त्रिपरिषद बैठकले साढे रू.११ करोड ६० लाख विनियोजन गरेको छ ।

साथै शनिवार बसेको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र बैतडीमा कोरोना ल्याव स्थापनाका लागि रू.४० करोडको कोष स्थापना गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।
 

सेती प्रादेशिक अस्पताल धनगढीलाई कोरोना अस्पतालको रूपमा विकास गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको उनले बताए । हाल सेती प्रादेशिक अस्पताल कभर्ड हल तथा महाकाली अञ्चलमा ५० / ५० वार्डको आईसोलेशन तथा क्वारेन्टाइन स्थापना गरिएको छ ।

प्रदेशका ८८ ओटै स्थानियतहमा गरी करीब ८०० क्वारेन्टाइन निर्माण गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

बैतडीमा १६८ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । विभिन्न जिल्लामा गरी अहिलेसम्म ७०० को संख्यामा क्वारेन्टाइनमा राखिएको उनले बताए ।

अहिलेसम्म यो क्षेत्रबाट ८/  १० नमूना संकलन गरिएकोमा धनगढीका एक युवकमा कोरोना पूष्टि भएको छ र यो बीचमा भारतका विभिन्न राज्यहरूबाट १ लाख २० हजारको संख्यामा सुदूरपश्चिम भित्रिएका अधिकांश व्यक्तिमा संक्रमणको आशंका गरिएकोले आइसोलेशन  तथा क्वारेन्टाइन निर्माणमा तीव्रता दिइएको मन्त्री सुवेदीले बताए । 

‘सडक तथा हवाई सम्पर्क टुटेपछि यहाँबाट संकलित नमूना काठमाडौं पठाउन एम्बुलेन्स पठाउनु पर्ने बाध्यता छ’, उनले भने । ५/ ६ ओटा नमूना काठमाडौं पठाउने तयारी भइरहेको पनि उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)