ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशबाट फर्किएर सम्पर्कमा नआउने र क्वारेन्टाइनमा नबस्नेलाई कैद 

२०७६ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

चैत १६, काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतवारको बैठकले विदेशबाट फर्किएर सम्पर्कमा नआउने र क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा बसेको उच्च स्तरीय समन्यव समितिको बैठकले समितले विदेशबाट फर्किएर सम्पर्कमा नआउने र क्वारेन्टाइनमा नबस्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कैद सजाय गर्ने निर्णय गरेको हो । 

यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तरराष्ट्रिय उडान स्थगित गर्ने र चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेक सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गर्नु भएको थियो । त्यस लगत्तै सरकारले चैत ११ गते भने ‘लकडाउन’को निर्णय गरेको थियो ।

यस्तै उच्चस्तरीय समन्वय समिति बैठकले बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेवल पीसीआर मेसिन वितरण गर्ने निर्णय गरेको छ । 
चीनबाट ल्याइएको पाँच पीसीआर मेसिन मध्ये १/ १ थान मेसिनसँगै १ हजार थान औषधि, उपकरण चार प्रदेशमा पठाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । 

अहिलेलाई प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा गरि १/ १ थानका दरले चार थान तत्काल पठाइ हाल्ने र बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ त्यहाँ पठाउने निर्णय भएको बैठकपछि  उनले बताए ।

बैठकमा सहभागी मन्त्रीले लकडाउन एकसातासम्म थप्नुपर्ने प्रस्ताव गरेको बताइएको छ । मन्त्रिपरिषद बैठक अहिले बालुवाटारमा जारी छ । मन्त्रिपरिषद बैठकले लकडाउन एक साता अझै थप्ने निर्णय  गर्न सक्ने एक मन्त्रीले आर्थिक अभियानलाई बताए । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)