ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले अन्तत : ल्यायो राहत प्याकेज

२०७६ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

चैत १६, काठमाडौं  । सरकारले कोरोना भाइरसको संक्रमण तथा रोकथामका क्रममा मुलुकको अर्थतन्त्र र सर्वसाधारण जीवनलाई समेत समस्या पर्न थालेपछि सरकारले आइतवार राहत प्याकेज घोषणा गरेको छ ।

सरकारले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री गर्ने खाद्यान्नमा १० प्रतिशत छूट दिने निर्णय गरेको छ । 
 

अहिले पनि उक्त कम्पनीले चामल, तेल, नुन र चिनी विक्री वितरण गर्दै आएका छन्  । अब चामल दाल तेलमा १० प्रतिशत छूट पाइने छ । साथै १५० युनिटसम्मको विद्युत् खपत गर्नेग्राहकहरुको लागि विद्युतमा २५ प्रतिशत छूट उपलब्ध हुने छ । 

सरकारले गरेको निर्णय अनुसार निजी स्कुलले एक महीनाको शुल्क लिन नपाउने भएका छन् भने  अब घरधनीले  पनि घरभाडामा छूट दिनुपर्ने  छ ।

सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको छ भने सुन आयातको कोटा पनि घटाएको छ । दैनिक २० किलो आयात गर्न पाइनेमा अब १० किलोमा झारिएको छ ।

छोकडा, ल्वाङ, सुकुमेल र मदिरा आयातमा पनि रोक लगाएको छ भने आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाइएको छ । फागुन महीनामा तिर्नुपर्ने कर अब वैशाख २५ गतेसम्म तिर्न तिर्दा कुनै बिलम्व शुल्क लाग्ने छैन ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)