चैत १६, काठमाडौं । सरकारले दैनिक ज्यालादारी मजदूरहरूलाई लक्षित गर्दै राहत प्याकेज ल्याएको छ ।
आइतवारको मन्त्रिपरिषद बैठकले स्थानीय तहले दैनिक ज्यालादारी मजदूरहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार यसका लागि दैनिक ज्यालादारी मजदूरहरूले आफ्नो परिचय सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने र स्थानीय तहले त्यस्ता परिवारको लगत लिएर कोष खडा गर्ने र उक्त कोषबाट राहत वितरण गरिने छ ।
उनका अनुसार खडा गरिएको कोषमा रकम अपुग भए सरकारले आफ्नो कोषबाट पनि रकम उपलब्ध गराउने छ । स्थानीय तहले राहत दिँदा दैनिक खाद्य आवश्यकता पुग्ने गरी राहत उपलब्ध गराउनुपर्ने छ ।