ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनासँग जुध्न अन्तरराष्ट्रिय आर्थिक सहायता स्वीकार गर्ने 

२०७६ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत १६, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न तय गरिएका कार्यक्रमका लागि आवश्यक स्रोत व्यवस्था गर्न अन्तरराष्ट्रिय आर्थिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन  आइतवार आयोजित पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अन्तरराष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने गरी सरकारले विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्राप्त हुने ३ अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्न वार्ता र सम्झौता गर्ने निर्णय गरेको बताए । 

यस्तै सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने १३ अर्ब ९ करोड निव्र्याजी ऋण सुविधा प्राप्त गर्न वार्ता र सम्झौता गर्ने निर्णय पनि गरेको छ भने  एशियाली विकास बैंकले हालै घोषणा गरेको करीब ५० मिलियन अमेरिकी डलरको सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

साथै सरकारले वार्षिक बजेटको रकमबाट रकमान्तर गर्ने, संघ, स्थानीय तह र प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण उपचार कोषमा जम्मा हुने रकम परिचालन गर्ने र राष्ट्रिय विपत् व्यवस्थापन कोषमा जम्मा भएको रकम र प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको रकम पनि प्रयोग गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)