ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशले  अझै पाएन कोराना परिक्षण गर्ने मेशिन 

२०७६ चैत, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

चैत १७, कास्की । गण्डकी प्रदेशले  अझै पनि छिमेी राष्ट्र चीनबाट ल्याइएको कोरोना भाइरसको परिक्षण गर्ने पीसीआर मेशिन  पाएको छैन ।

संघीय सरकारले चीनबाट ल्याइएका ५ ओटा पीसीआर मेशिनमध्ये ४ ओटा प्रदेशलाई  एक– एक ओटा दिने र एउटा इमर्जेन्सीका लागि संघले नै राख्ने उच्चस्तरीय समितिको बैठकले निर्णय गरेपछि गण्डकी प्रदेश बञ्चित भएको हो । 

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतवार बसेको बैठकले कोरोना परिक्षणका लागि पीसीआर मेशिन प्रदेश नं २ को बिरगञ्ज, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा राख्ने निर्णय गरेको थियो ।

उच्चस्तरीय समितिले पर्यटकीय राजधानी पोखरा भएपनि गण्डकी प्रदेशलाई पीसीआर दिने निर्णय गरेको छैन । प्रदेश नं १ मा यसअघि नै स्थापना भइसकेको र बाग्मती प्रदेशको शुक्रराज ट्रोपिकल हस्पिटमा यस अघिनै चालू अवस्थामा रहेका कारण हाल चीनबाट ल्याइएको पीसीआर मेशिन अन्य प्रदेशमा पठाइएको बताइएको छ ।

पत्रकार सम्मेलन मार्फत समितिको निर्णय सुनाउदै प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले चीनबाट ल्याइएका ५ ओटा परिक्षण मेशिन मध्ये ४ ओटा विभिन्न प्रदेशमा दिने निर्णय भएको बताए । तर  उनले गण्डकी प्रदेशको नाम भने उच्चारण गरेनन् ।

कोरोना परीक्षण गर्ने पीसीआर मेशिन नहुँदा गण्डकी प्रदेशबाट नमूना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रोपिकल  अस्प्ताल पठाउने गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)