ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशबाट पोखरा आएका ६७ जना सेल्फक्वारेन्टाइनमा 

२०७६ चैत, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत १७, कास्की । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन पोखरा महानगरपालिका वडा न. २७ ले विदेशबाट आएका १३ जनालाई आफ्नै घरमा ‘सेल्फ–क्वारेन्टाइन’मा राखेको छ ।

विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको वडाध्यक्ष पुर्णकुमार गुरुङ्गले जानकारी दिए । 

उनका अनुसार वडाको बडहरे गन्धर्व टोलमा भारतबाट आएका ४ जना, कालीगण्डकी विद्युतको सवस्टेशन नजिक खाडी मुलुकबाट आएका एक जना, कोलेफाँट टोलमा खाडीबाटै आएका १ जना, भित्री डाँडाको नाकमा खाडीबाट आएका एक जना, लक्ष्मी आदर्श टोल नजिक खाडीबाट आएका एक जनालाई घरमै सुरक्षित पूर्वक क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

यसैगरी रिठेपानी जलजले टोलमा माल्दीभ्सबाट आएका एक जना र बेलायतबाट आएका  रिठेपानी दुर्गा टोलका आमा छोरालाई पनि सावधानी अपनाएर घरबाहिर ननिस्कन भनिएको वडाध्यक्ष गुरुङ्गले बताए ।

यसैगरी एकता टोलमा भारतबाट आएका आमा छोरालाई पनि आफ्नै घरमा क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको नियमित अनुगमन गर्न सम्वन्धीत क्षेत्रका वडा सदस्यलाई जिम्मेवारी दिइएको पनि वडाध्यक्ष गुरुङ्गले बताए । 

उनले दैनिक ज्यालादारी काम गरेर परिवार पाल्नेहरुलाई सहयोगको तयारी भइरहेको समेत जानकारी दिए । सरकार र आधिकारीक निकायबाट दिइएको स्वास्थ्य निर्देशनलाई पालना गरी लकडाउन अवधिभर घरमै बस्न पनि भनिएको छ ।

यसैगरी पोखरा महानगरपालिका वडा नं ३२ का विभिन्न ठाउँहरुमा २३ जना विदेशबाट आएकाको तथ्यांक संकलन गरिएको वडाध्यक्ष अक्कल वहादुर कार्कीले जानकारी दिए । 

उनले वडाको खुदीखोला र बडहरे क्षेत्रमा विदेशबाट आउनेहरुको संख्या बढी भएको उल्लेख गर्दै घरमै सुरक्षित पूर्वक क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए । ‘होम क्वारेनटाइनमा राखिएकाहरुको अनुगमन गर्न वडासदस्यलाई जिम्मेवारी तोकिएको छ’ उनले भने ।

वडाध्यक्ष कार्कीले यो समयमा समूह बनाएर मकै गोड्ने, चैते धान रोप्ने जस्ता कृषिकर्मका कारण समस्या भएको   उल्लेख गरे ।  उनले विपन्न बस्तीमा खाद्यान्न सहितको राहत प्याकेज महानगरसँग समन्वय गरेर छिट्र्ट व्यवस्थापन गरिने समेत बताए । 


यता पोखरा महानगरकै वडा नं. ३० मा भने १३ जनाको तथ्यांक प्राप्त भएको वडाध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए । उनले चैत्र १ गतेदेखि यात्रा विवरण भरेका १३ जनाको नाम वडालाई प्राप्त भएको उल्लेख गर्दै, सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र समय–समयमा निगरानी गरिएको बताए ।

वडाध्यक्ष पोखरेलका अनुसार वडा नं. ३० को  रामबजारमा २ महिला भारतको व्यङलोर र एक पुरुष दुबईबाट आएको विवरण प्राप्त भएको छ । यस्तै गगनगौडामा कतारबाट १ जना, खुदी माछापुच्छे« टोलमा पतिपत्नी सहित दुई जना चैत ७ गते कतार एयरवेजबाट आएका र उनीहरु घरमै क्वारेन्टाइनमा रहेको वडाध्यक्ष पोखरेलले बताए । 

यसैगरी शिशुवा बजारमा १ जना पुरुष कतारबाट र खयरखोरमा दुईजना महिला भारतबाट एवं सुकेडाँडामा एक जना पुरुष हङकङबाट आएको र उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए । 

यसैगरी पोखरा महानगरपालिका वडा नं. २९ मा बिदेशबाट आएका १८ जनाको तथ्यांक संकलन गरिएको र उनिहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको वडाध्यक्ष चेतवहादुर गुरुङ्गले जानकारी दिए । 

उनले सचेतनाका लागि घरदैलो, माइकिङ र विभिन्न संचारमाध्यमबाट सन्देश प्रशारण गरिएको उल्लेख गर्दै विषम परिस्थितिमा राज्य र महानगरले जारी गरेका निर्देशन पालना गर्न वडाबासीलाई आग्रह गरेका छन् । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)