ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमाशुल्क अनलाइन मार्फत भुक्तानी गराउन निर्देशन

२०७६ चैत, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

चैत १७, काठमाडौं  । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार म्यादी जीवन बीमा गर्दा लाग्ने बीमाशुल्क अनलाइन मार्फत भुक्तानी गर्न मिल्ने गरी व्यवस्था गर्नुपर्ने भएको छ । बीमा समितिले आइतवार परिपत्र जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । 

बैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्य रुपमा यस्तो बीमा गर्नुपर्ने हुन्छ । बीमा कम्पनीहरुले हालसम्म नगदमा नै उनीहरुबाट बीमाशुल्क बुझ्दै आएका छन् ।

अब कम्पनीहरुले नगदसहित बैंक चेक र अतिरिक्त रुपमा अनलाइन प्रणालीबाट पनि भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने समितिको निर्देशन छ । 

कामदारले विदेशस्थित नेपाली दूतावासबाट पुनः श्रम स्वीकृति लिदा बीमा अवधी थप गर्न लाग्ने बीमाशुल्क अनलाइन सेवाप्रदायक मार्फत तिर्न मिल्ने व्यवस्था पनि गर्नुपर्ने बताइएको छ । 

यस्तै समितिले बैदेशिक रोजगार म्यादी जीवन बीमामा डिजिटल तथा इलेक्ट्रोनिक बीमालेख जारी गर्ने व्यवस्था गर्न पनि कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कम्पनीले विद्यमान कानूनी व्यवस्थालाई समस्या नपर्ने गरि प्रिन्ट बीमालेख सहित आवश्यकताअनुसार इलेक्ट्रोनिक बीमालेख जारी गर्ने व्यवस्था पनि गर्नुपर्ने छ ।

यसैगरि यस्तो सेवा सञ्चालन गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र बीमा समिति समक्ष आवश्यता अनुसार समन्वय गर्ने व्यवस्था पनि कम्पनीले गर्नुपर्ने बताइएको छ ।

यद्यपि अझै केही कम्पनीहरुले यस्तो बीमाशुल्क अनलाइन मार्फत भुक्तानी गर्ने व्यवस्था गरिसकेका छन् । तर सबै कम्पनीले यस्तो व्यवस्था गरिसकेका छैनन् । 
फलस्वरुप विदेशदेखि पुनः श्रम स्वीकृति लिने कामदारलाई बीमाशुल्क भुक्तानी गर्न पनि अफ्ठ्यारो परेको छ ।

यस्तै बिषयलाई दृष्टिगत गर्दै समितिले यस्तो निर्देशन जारी गरेको हो ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)