ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको कारण अलपत्र १३०० भन्दा बढी पर्यटकको उद्दार 

३०० भन्दा बढी  अमेरिकन चार्टर विमानबाट स्वदेश फर्किदै 

२०७६ चैत, १७  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत १७, काठमाडौं । मुलुकमा जारी लकडाउनको कारण नेपालका विभिन्न भागमा अलपत्र परेका स्वदेशी तथा विदेशी गरी १ हजार ३३१ जना पर्यटकलाई उद्दार गरिएको छ । उद्दार गरिएका मध्ये ९०० भन्दा बढी यूरोपेली पर्यटक स्वेश फर्किएका छन् भने केही स्वेदश फर्किने तयारीमा रहेका छन् । 

अमेरिका,जर्मन,फ्रान्स स्वीस, रसिया तथा अष्ट्रेलियाका नेपालस्थित दूतावासको पहलमा नेपाल पर्यटन बोर्ड ट्रेकिङ एजेन्सि एशोसिएसन अफ नेपाल (टान) लगायतका संस्थाहरुको सहकार्यमा उनीहरुलाई उद्दार गरीएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । 

लुक्ला र पोखराबाट भने पर्यटकसहित काठमाडौं आउनुपर्ने नेपाली सहयोगी तथा गाइडहरुलाई समेत उद्दार गरिएको थियो ।  यसरी उद्दार गरिएका मध्ये ३०० जना अमेरिकन पर्यटक मंगलवार कतार एअरवेज मार्फत स्वदेश फर्किने तयारीमा रहेका छन् । यो जहाज काठमाडौंबाट दोहा हुँदै अमेरिका जाने बताइएको छ ।

यस्तै बुधवार नेपाल एअरलाइन्सको जहाजबाट पनि त्यत्ती नै संख्यामा अष्ट्रेलियन नागरिक स्वदेश फर्किदैछन् । नेपाल वायुसेवा निगमका अप्रेशन प्रमुख दिपु ज्वारचनले बुधवार (अप्रिल– १) मा अष्ट्रेलिया जानको लागि वाइडबडि जहाज बूक भएको जानकारी दिए । दुवै देशले विमान चार्टर गरी पर्यटक लैजान लागेको नेपाल नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ ।

सरकारले वैशाख ३ गते सम्मका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान रोके पनि आपतकालिन र कार्गो उडानमा प्राधिकरणको अनुमतिमा संचालन गर्न सकिने भएकोले उनीहरुले चार्टर विमान मार्फत आफ्ना नागरिक लैजान लागेका हुन् । 

तर नेपाल आउने विमानले यात्रु लिएर आउन भने पाउँदैनन् । कोरोना भाइरस संक्रमण नियन्त्रण समन्वय उच्च स्तरिय उपसमितिले आइतवार सबै आन्तरिक तथा अन्तरारराट्रिय उडान स्थगित गर्ने निर्णय गरेसँगै नियामक निकाय नेपाल नागरिक उड्डन प्राधिकरणले आपतकालिन र कार्गो उडान गर्न सकिने स्पष्टसमेत पारेको छ । 

सोही विगत केही दिनदेखि स्वेशी विमान सेवा कम्पनीहरुले देशभित्रबाट पर्यटकलाई उद्दार गरी ल्याएका छन् भने चार्टर उडान मार्फत पर्यटकलाई विदेश लगिएको छ । 

यस्तै नेपाल पर्यटन बोर्डले तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम पनि रोकिएको जानकारी दिएको छ । अहिले उद्दार गरिएका पर्यटकहरु ती मुलुकहरुको दूतावासको आग्रहमा उद्दार गरी  काठमाडौं ल्याइएको र केही पर्यटक स्वेच्छाले जुन स्थानमा छन् त्यही रहने भएकोले उद्दार स्थगित गरिएको निर्देशक बानियाँले बताए । 

उनले अब कुनै मुलुकले चार्टर्ड फलाइट लिएर आफ्ना देशका पर्यटक लिन आउने भनेमात्रै पर्यटकहरुको उद्दारको काम पुनः शुरु गरिने जानकारी दिए ।
 
नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटक प्रहरीसमेतको क्राइसिस रेस्पोन्स युनिटको टोलीले गत बिहीबारबाट उद्दारको काम शुरु गरेको थियो । सोही अनुसार देशका विभिन्न भागबाट पर्यटकको उद्दार गरी काठमाडौं ल्याइएको बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए । 

सोमवार मात्रै सोलुखुम्बुको लुक्लामा नेपाल एयरलाइन्स र समिट एयरले दुई/ दुई र सीता एयरले एउटा गरी पाँच ओटा उडान गरेका थिए । 

यी उडानबाट २८ जना विदेशीसहित नेपाली पथप्रदर्शक र सहयोगीहरुलाई काठमाडौं प्राधिकरणले जानकारी दिएको छ । नेपालमा अझै पनि थुपै्र पर्यटक रहेपनि यकिन तथ्यांक भने नभएको हजार पर्यटन बोर्डले जानकार दिएको छ । 

बोर्डका अनुसार अहिले ६०० भन्दा बढी पर्यटक आफुहरु सुरक्षित अवस्था मै नेपालका विभिन्न ठाउँमा रहको जानकारी आएको तर यो नै अन्तिम संख्या भने होइन ।

बोर्डले नेपालमा रहेका पर्यटक संख्या थाहा पाउन वेबसाइट मार्फत पर्यटकलाई आफु रहेको ठाउँ र अवस्थाको बारेमा जानकारी दिन आग्रह गर्दै तथ्यांक संकलन गरिरहको छ । 
 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)