ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

चीनबाट ल्याएको स्वास्थ्य सामग्री ७ ओटै प्रदेशमा पुर्‍याइयो 

२०७६ चैत, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

चैत १७, काठमाडौं । कारोना भाईरस (कोभिड–१९) को कारण नेपालमा हालसम्म कसैको मृत्यु नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न आग्रह गरेको छ । 

सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट नै आएको बताउँदै अरु रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण भन्नु मनको त्रास मात्र भएको बताए । 

कोरोनाको आशंकामा काठमाडौंको बीर अस्पताल, चितवन भरतपुर तथा बुटबलको क्वारेन्टाइन विशेष अस्पतालमा राखिएकाहरुको मृत्यु भएपछि कोरोनाकै कारण उनीहरुको मृत्यु भएको भन्ने हल्ला बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले उनीहरुको मृत्यु कोरोनाबाट नभएको स्पष्ट पारेको हो ।

 ‘कोरोनाको संक्रमणको दर बढी छ, तर यो कम मृत्यु हुने खालको रोग हो, कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत मानिस सामान्य रुघाखोकी लागेको समयमा भन्दापनि कम बिरामी हुने १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नु नपर्ने हुन्छ, तर केही औषधि खाए हुने र बाँकी पाँच प्रतिशतलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने हुन्छ,’ डा. खेम कार्कीले  भने । 

उनले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको जानकारीदिंदै गाउँ-गाउँमा कोरोना नफैलिएको, एक व्यक्तिबाट अर्कोमा नसरेको बताए ।  

उनले गाउँघरमा कसैको मृत्यु भयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै जो मरेपनि त्यो कोरोनाले म¥यो भन्ने ढंगले प्रचार–प्रसार भएको भन्दै त्यसमा सत्यता नभएको बताए । 

यसैबीच सरकारले चीनबाट कार्गो गरी ल्याएको स्वास्थ्य सामग्री सोमबार देशका सात ओटै प्रदेशहरूमा पुर्‍याइएको छ । 

प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाको स्काई ट्रकबाट सामग्री पु¥याइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकाकार सूर्य थापाले जानकारी दिए ।

यस्तै प्रदेश नं २, वाग्मती, गण्डकी र प्रदेश नं ५ मा सडक यातायातबाट नै सामग्री पु¥याइएको छ । ती सामग्री सम्बन्धित प्रदेशले आवश्यकताअनुसार अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराउने उनले जानकारी दिएका छन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)