ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा कालोबजारी 

बिचौलियाको कारण तरकारी ४०० प्रतिशत महँगो 

२०७६ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

चैत १८, विराटनगर । सुनसरीका चिमडी, हरिनगर, भुटाहा लगायत स्थान र मोरङको कटहरीबाट विराटनगरमा विक्रीका लागि आउने हरियो तरकारीमा कालोबजारी हुन थालेको छ । लकडाउनको फाइदा उठाउँदै किसानबाट सस्तोमा लिएर बिचौलियाले ४०० सय प्रतिशतसम्म महँगोमा तरकारी विक्री गर्दै आएको पाइएको छ ।
 
विराटनगरसँगै जोडिएको कटहरी गाउ“पालिकाको कटहरी बजार ४ किलोमिटर मात्र दूरीमा छ । त्यहाँका किसानबाट बिचौलियाले सस्तैमा तरकारी किन्ने र विराटनगर ल्याएर महँगोमा विक्री गरे पनि अनुगमन गर्ने निकायको बेवास्ताले कालोबजारी निर्बाध भइरहेको छ । 
कटरीका किसान प्रमोदकुमार मेहता बारीमा रहेको बन्दागोभी विराटनगरका थोक व्यापारीलाई ५ रुपैया“ किलोमा विक्री गर्छन् । तर विराटनगरबाट गएका व्यापारीले यहाँ ल्याएर ४० देखि ५० रुपैयाँ किलोमा उपभोक्तालाई बेच्छन् । कोरोनाको त्रासका कारण सर्वसाधारण महँगोमै किन्न बाध्य छन् भने अनुगमन गर्ने निकायको आँखा छलेर व्यापारीले कालोबजारी गरिरहेका छन् । 
एक सातादेखिको लकडाउनको फाइदा उठाउँदै तकारीलगायत वस्तुमा भइरहेको कालोबजारी नियन्त्रण गर्न अहिलेसम्म कुनै पनि निकायले पहल गरेको छै । 
विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले सोमवार गुद्री बजारका थोक तथा खुद्रा व्यापारीसँग बैठक गरि दैनिक मूल्य सार्वजनिक गर्ने र सामाजिक सञ्जालमार्फत पनि सर्वसाधारणलाई त्यसको जानकारी दिने व्यवस्था मिलाएको बताइन् । किराना पसलले अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने र तरकारी, फलफूल थोक तथा खुद्रा विक्रेताले नगरपालिकामा दैनिक मूल्यसूची पठाएर मात्र विक्री वितरण गर्न निर्देशन दिइएको उनले जानकारी दिइन् । 
महामारीको बेला सबैले मानवीय मूल्यमान्यतालाई ख्याल गरी काम गर्नुपर्नेमा केही रिक्सावाला, सिटीवाल र अटोवालाहरूले तरकारीमा कालोबजारी गरिरहेको गुनासो आएपछि केहीलाई कारबाही समेत गरिएको उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)