ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना परीक्षण गर्ने पीसीआर मेशिन पोखरा पुग्यो 

२०७६ चैत, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत १८, कास्की । कोरोना भाइरस जाँच गर्ने आरटी–पीसीआर मेशिन पोखरा आइपुगेको छ । मंगलवार हेलिकोप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेशिन झारिएको हो । 

संघीय सरकारले चीनबाट ल्याएका पाँचओटा पीसीआर मेशिनमध्ये चारओटा प्रदेशलाई एक/ एकओटा दिने र इमर्जेन्सीका लागि एउटा संघले नै राख्ने उच्चस्तरीय समितिको बैठकले निर्णय गरेको थियो । उक्त निर्णयले सो मेशिन पाउनबाट गण्डकी प्रदेश वञ्चित भएको भन्दै विरोध थियो ।

प्रदेश सरकारले कोरोना परीक्षण गर्ने मेशिन ल्याउन पहल नगरेको आरोप समेत लागेपछि मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ र पूर्वस्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारीले परीक्षण गर्ने मेशिन ल्याउने पहल थालेका थिए । 

पीसीआर मेशिनले ३ घण्टामै कोरोना भाइरस जाँच गर्न सक्ने बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धि थापाले मेशिन प्रयोगशालामा जडानको काम भइरहेको बताए । मेशिन जडान गरेर मंगलवारदेखि कोरोना भाइरसको परीक्षण शुरू गर्ने जानकारी उनले दिए । मेशिनसहित विज्ञहरूको टोली पनि पोखरा आइपुगेको उनले बताए ।

कोरोना परीक्षण गर्ने पीसीआर मेशिन नहुँदा गण्डकी प्रदेशबाट नमूना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा पठाउने गरिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)