ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफै बिरामी ओसार्छन् वडाध्यक्ष जिसी

२०७६ चैत, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

चैत १८, पर्वत । कोरोनोको त्रास देशभर छ । लकडाउनले अधिकांश सेवा ठप्प छन् । एम्बुलेन्स खोजे भेटिन्न । गाउँमा भेटिने जीपले कोरोना आशंकामा बिरामी बोक्नै मान्दैनन् । कोरोनाका बाहेक अरू सामान्य बिरामीलाई अस्पताल पुर्‍याउन महाभारत नै छ ।

यस्तो बेला पर्वतको जलजला गाउँपालिका–८ वडाध्यक्ष हरिविकास जिसी भने आफै गाडी चलाउँदै अस्पतालमा बिरामी पु¥याइरहेका छन् ।गाउँमा बिरामी बोक्ने कुनै सवारीसाधन नपाएपछि ग १ ज ७२८७ नम्बर जीप भाडामा खोजेर जिसीले आफै बिरामी बोक्न थालेका हुन्  धौलागिरी अञ्चल

अस्पतालको प्रांगणमा भेटिएका उनले भने, ‘गाउँमा एम्बुलेन्स आउनै मानेनन् । अरु सवारीसाधन पाइने कुरै भएन । यो बेला गाउँलेको सेवा गरौं भनेर आफै जीप चलाएर हिँडेको छु ।’ 

सोमवार उनी बिरामी बोक्न तयार भए पनि कोही पनि चढ्न तयार भएनन् । मंगलवार कोरोना आशंका गरिएका एकजना र दम तथा  मधुमेहका दुईजना बिरामी बोकेर अस्पताल पुगे ।

गाउँवासीहरू समस्यामा पर्दा आफू घरभित्र बस्न नसकेपछि उनी गाडी चलाएर अस्पतालसम्म बिरामी पुर्‍याउने, उनीहरूलाई आवश्यक औषधी खोज्दै हिँड्ने लगायत काममा लागिपरेका छन् । 

गाउँका केही युवा कोरोनाको परीक्षणका लागि अस्पतालमा भर्ना भएका छन् । ती युवा सोमवार सवारी खोज्दा नभेटेपछि आफै मोटरसाइकल चलाएर अस्पताल पुगेका थिए । गाउँमा अहिले सवारीसाधन नपाउँदा सुत्केरी, विभिन्न रोग लागेका बिरामी र दुर्घटनाका घाइतेहरू अस्पताल पुग्न समस्या भएको छ । गाउँमा समस्या परे वडाका प्रतिनिधिलाई फोन गर्छन् गाउँले ।

गाउँलेको सेवामा खटिँदा राति समेत सुत्न नपाएको वडाध्यक्ष जिसीले सुनाए । लकडाउनको बेला कोही भोकै भए आफूलाई फोन गर्न समेत उनले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)