ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीगत लाभकर : लकडाउन लगत्तै १४ अर्ब ४० करोड एनसेलले चुक्ता गर्नुपर्ने

२०७६ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

चैत १८, काठमाडौं । निजी मोबाइल सेवाप्रदायक एनसेलले पूँजीगत लाभकर अन्तर्गतको सरकारलाई तिर्न बाँकी रु. १४ अर्ब ४० करोड लकडाउन लगत्तै तिर्नुपर्ने भएको छ । 

ठूला करदाता कार्यालयले  मंगलवार रु. ४ अर्ब ६० करोड एनसेलले बुझाएको छ भने अब बाँकी रकम लकडाउन लगत्तै तिर्न भनेको छ  ।

‘लकडाउन लगत्तै एनसेललाई अन्तिम पटक लाभकर तिर्नकालागि पत्राचार गरिएको छ, त्यो समयभित्र चुक्ता गर्नु पर्नेछं’, उक्त कार्यालयका प्रमुख झलकराम अधिकारीले भने ।

लकडाउनको बेला सरकारलाई लाभकर तिरेर एनसेलले ठूलो सहयोग गरेको उनको भनाइ छ । एनसेलले गत पुस १५गते रू.४ अर्ब ५० करोड पूँजीगतलाभकर बुझाएसँगै उसले हालसम्म तिर्नुपर्ने  रू. ९ अर्ब १० करोड बुझाइसकेको छ । 

गएको माघ २३ गते सर्वोच्च अदालतले एनसेल खरीदविक्रीको पूँजीगतलाभकर तिर्ने दायित्व एनसेलकै भएको ठहर गरेको थियो । 

सो फैसलाको पूर्ण पाठ प्राप्त गरेपछि ठूला करदाता कार्यालयले चैत २६ पूँजीगतलाभकर, जरीवाना, व्याजसहित ऐनसलले रू.६२ अर्ब तिर्नुपर्ने र त्यसअघि बुझाएको रू.२३ अर्ब घटाएर बाँकी रू.३९ अर्ब ७ दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।

त्यस विरुद्ध एनसेलले गत वैशाख ९ गते सर्वोच्चमा मुद्दा दायर गर्दै कर कार्यालयको पत्र बदर गर्न माग गरेको थियो । 

एनसेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोेच्चले गत भदौ ९ गते रू.६२ अर्ब असुल गर्ने गरी भएको आदेश बदर गर्दै पुन:निर्धारण गर्न आदेश दिएको थियो । 
सर्वोच्च अदालतका न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुषमालता माथेमा र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलाशले प्रक्रिया नपुर्‍याई एनसेललाई लाभकर लगाएको बताउँदै ठूला करदाता कार्यालयको निर्णयलाई बदर गरिदिएको थियो ।

एनसेलको पूँजीगत लाभकरका विषयमा परेको मुद्दामा गत  भदौ ९ को फौसलामा सर्वोच्च अदालतले रू.२१ अर्ब १० करोड कर लाग्ने ठहर गरेको थियो । 

यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि रू.२२ अर्ब ४४ करोड कर लाग्ने भन्दै पत्र पठाएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)