ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको कारण भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगित

आउने नयाँ वर्षसँगै भ्रमण वर्ष सचिवालय विगठन हुने

२०७६ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत १८, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा स्थगित गरेको छ । वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । 

सोही अनुसार सन २०२० को जनवरी १ मा दशरथ रंगशालामा विभिन्न देशका पर्यटन मन्त्रिहरु तथा नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखहरुको सहभागितामा राष्ट्रपति विद्यादेवि भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्नु भएको थियो । 

यस्तै जनवरीको पहिलो साता विदेश स्थित विभिन्नदूतावासमार्फत भ्रमण वर्षको उद्घाटन गरिएको थियो ।

यसअघि सरकारले अप्रिलसम्मका लागि मात्र भ्रमण वर्ष स्थगित गरेकोमा कोरोना भाइरसको महामारीले विश्वभरी प्रभावपारेपछि अन्ततः औपचारिक रुपमा नै भ्रमण वर्ष स्थगित गरेको हो ।

 नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । भ्रमण वर्ष स्थगित भएसँगै भ्रमण वर्षको सचिवालयसमेत २०७७ वैशाख १ गतेबाट बाट विघटन हुने सचिव अघिकारीले बताए । 

विदेशमा कोरोनाको प्रभाव बढ्दै गएपछि विदेशमा गरिने प्रवर्द्धानात्मक कार्यक्रम रोकेर आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने अल्पकालीन रणनीति तय गरेको थियो । तर पल्लिलो समय देश भित्रे पनि औपचारिक कार्यक्रम गर्ने र भ्रमण वर्ष अगाडि बढाउने अवस्था नदेखेपछि सरकारले भ्रमण वर्ष स्थगित गरेको हो । 
 

एक महीना अघि नै पर्यटन मन्त्रालयले भ्रमण वर्ष सचिवालयलाई अहिलेसम्म सचिवालयबाट भएका हिसाबकिताब १ महीनाभित्र मिलाउन र १ साताभित्रै करारमा रहेका कर्मचारीलाई अवकाश दिन पत्राचार गरेको थियो । नेपालले यसअघि १९९८ र सन् २०११ लाई पनि मा भ्रमण वर्षका रपमा मनाएको थियो ।

कोरोनाको प्रभावले भ्रमण वर्ष प्रभावित हुने भएपछि सरकारले सन् २०२०–२०३० लाई पर्यटन दशकका रूपमा अघि बढाउन चैत पहिलो साता प्रदेशका पर्यटन मन्त्री तथा महानगर,उपमहानगरकाका प्रमुखसँग छलफल गरेको थियो । 

सो छलफलमा पर्यटन मन्त्री योगेश भट्टराईले नेपालमा समेत कोरोना संक्रमणको खतराका कारण आन्तरिक रूपमा समेत कुनै कार्यक्रम आयोजना गर्ने अवस्था नरहेकोले भ्रमण वर्ष स्थगित भए सरह नै रहेकोले अबको नयाँ रणनीति पर्यटनको लागि पूर्वाधार विकास भएको बताएका थिए । 

उनले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘पर्यटनका लागि एक दशक’को नीति समावेश गरी अघि बढ्ने तयारी थालेको समेत बताएका थिए । सरकारले गत वर्ष कात्तिक १६ गते उद्योगी सुरज वैद्यलाई भ्रमण वर्षको राष्ट्रिय संयोजकमा नियुक्ति गरको थियो । 

कतिपय पर्यटन व्यवसायीहरूले पूर्वाधारको विकास र अन्य तयारी कम भएको भन्दै त्यती बेला नै भ्रमण वर्षलाई २०२१ मा सार्न सुझाव दिएका थिए । व्यवसायीको सुझावभन्दा पनि परस्थितीजन्यकारण अन्ततः भ्रमण वर्ष स्थगित भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)