ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनलगत्तै  एनसेलले रू १४.४ अर्ब चुक्ता गर्नुपर्ने

२०७६ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकरअन्तर्गत सरकारलाई तिर्न बाँकी रकम लकडाउन सकिएलगत्तै तिर्नुपर्ने ठूला करदाता कार्यालयले बताएको छ । कार्यालयका अनुसार एनसेलले मंगलवार ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ भने बाँकी  १४ अर्ब ४० करोड रुपैयाँ लकडाउन सकिएलगत्तै तिर्न भनिएको छ । ‘लकडाउनलगत्तै एनसेललाई अन्तिमपटक लाभकर तिर्नका लागि पत्राचार गरिएको छ, त्यो समयभित्र चुक्ता गर्नुपर्नेछ,’ कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए । लकडाउनको बेला सरकारलाई लाभकर तिरेर एनसेलले ठूलो सहयोग गरेको उनको भनाइ छ । 

गतवर्षको माघ २३ गते सर्वोच्च अदालतले एनसेल खरीद विक्रीको पूँजीगत लाभकर तिर्ने दायित्व एनसेलकै भएको ठहर गरेको थियो । सो फैसलाको पूर्ण पाठ प्राप्त गरेपछि ठूला करदाता कार्यालयले गतवर्षको चैत २६ गते पूँजीगत लाभकर,  जरीवाना र  ब्याजसहित गरेर एनसेलले ६२ अर्ब तिर्नुपर्ने र त्यसअघि बुझाएको २३ अर्ब घटाएर बाँकी ३९ अर्ब ७ दिनभित्र बुझाउन निर्देशन दिएको थियो । त्यसविरुद्ध एनसेलले गत वैशाख ९ गते सर्वोच्चमा मुद्दा दायर गर्दै कर कार्यालयको पत्र बदर गर्न माग गरेको थियो । 

एनसेलले दायर गरेको रीटमाथि सुनुवाइ गर्दै सर्वोेच्चले भदौ ९ गते ६२ अर्ब असुल गर्ने गरी भएको आदेश बदर गर्दै पुनः कर निर्धारण गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुषमालता माथेमा र डा. मनोजकुमार शर्माको बृहत् पूर्ण इजलाशले प्रक्रिया नपुर्‍याई एनसेललाई लाभकर लगाएको बताउँदै ठूला करदाता कार्यालयको निर्णयलाई बदर गरिदिएको थियो ।

एनसेलको पूँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ को फैसलामा सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो । यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो ।   

एनसेलले बाँकी पूँजीगत लाभकर बुझाउन आवश्यक रकमका लागि वाणिज्य बैंकसँग ऋण लिन छलफल अगाडि बढाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)