ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा आइसोलेशनमा रहेका दुईजनाको रिपोर्ट नेगेटिभ 

२०७६ चैत, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

चैत १९, पर्वत । पर्वत कोरोना अस्पतालको आइसोलेशनमा रहेका दुई युवाको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकी बागलुङकी युवतीसँगै यती एयरको विमानमा यात्रा गरेका पर्वतको धाइरिङका एक युवा र युवतीसँग भेटघाट गरेका नाङ्लीबाङका अर्का युवकको पनि रिपोर्ट नेगेटिभ आएको हो ।

दुवै युवाको थ्रोट स्वाब परीक्षणका लागि सोमवार काठमाडौं पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुवैमा कोरोनाको संक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका डा. शिशिर देवकोटाले बताए । उनीहरू आइसोलेशनबाट डिस्चार्ज भए पनि एक हप्तासम्म घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने डा. देवकोटाले बताए । 

पर्वतको जलजला गाउँपालिका–७ धाइरि«ङका ती युवा गत चैत्र ४ गते मध्यान्न १२ः ४५ को यती एयरको ६७९ नम्बरको उडानबाट युवतीसँगै पोखरा आएका थिए भने नाङ्लीबाङका युवा संक्रमितका नातेदार हुन् ।

संक्रमणको आशंका युवाहरूको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूको सम्पर्कमा रहेको आधारमा क्वारेन्टाइनमा रहेकाहरूको पनि थ्रोड स्वाब परीक्षण गर्न नपर्ने भएकाले क्वारेन्टाइनमा रहेका पनि होम क्वारेण्टाइनमा बस्ने गरी फिर्ता भएका छन् ।

पर्वतमा अहिलेसम्म चारजना आइसोलेशनमा रहेकाको रिपोर्ट नेगेटिभ आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)