ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ गभर्नरको नियुक्ति अव लकडाउन सकिएपछि

२०७६ चैत, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

चैत  २०,  काठमाडौं । कोरोना भाइरसको संक्रमण तथा न्यूनीकरणका लागि सरकार व्यस्त भइरहेका बेला नयाँ गभर्नरको नियुक्ति अन्यौल बनेको छ ।

संक्रमणकै बीचमा गभर्नरको नियुक्ति कहिले हुन्छ भन्ने चासोको विषय रहेको सन्दर्भ र  यसमा सरकारको तयारी के छ भनी संचारकर्मीहरुले सोधेको प्रश्नमा  अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले ‘अब यो लकडाउनको अवधि सकियोस, त्यसपछि हामी निर्णय गर्छौं’ भनेका छन् ।

देशको मौद्रिक र वित्तीय नीतिको प्रमुख जिम्मेवार नेपाल राष्ट्र बैंक नयाँ गभर्नर नभएकै कारण प्रमुखविहीन भएको हो । निवर्तमान गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल समाप्त भए पनि नयाँ गभर्नर नियुक्त नहुँदा डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकाय (कामु) गभर्नरको काम गरिरहेका छन् । 

 मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना   भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण संयन्त्र सक्रिय भएको अवस्थाका कारण पनि गभर्नरको नियुक्तिको प्रक्रिया लम्विन पुगेको हो । 

गभर्नरको नियुक्ति मन्त्रिपरिषद्को निर्णयले हुनेभएता पनि लकडाउन कहिले खुल्ने भन्ने अन्योल भएका कारणले गभर्नर नियुक्त हुन अझै समय लाग्ने देखिएको  नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ ।

यसअघि सरकारका प्रवक्ता एवं अर्थमन्त्री खतिवडाले चैत ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका थिए ।यसअघि गभर्नरको कार्यकाल सकिन १ महीना बाँकी छँदै गभर्नर नियुक्त गर्न समिति गठन गरिन्थ्यो ।

३ सदस्यीय समितिले  ३ जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिश गर्नेछ । सिफारिश भएका नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्ने कानूनी व्यवस्था छ ।


को –को  छन् दौडमा ?

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी, चाटर्ड एकाउन्टेन्ट (सीए) तथा हाल राष्ट्र बैंकका सञ्चालक समितिमा सदस्य रहेका डा सुबोधकुमार कर्णदेखि पूर्वअर्थसचिव राजन खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वसचिव  लालशंकर घिमिरेको नाम चर्चामा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)