ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमालेखको किस्ता वैशाख मसान्तसम्ममा तिर्न सकिने

अभिकर्ता र सर्भेयरको इजाजतपत्र नविकरण गर्ने म्याद पनि थपियो

२०७६ चैत, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

चैत २०, काठमाडौं  । बीमा समितिले कोरोना भाइरसका कारण उत्पन्न भएको असामान्य परिस्थितिलाई दृष्टिगतगर्दै जीवन बीमाको वार्षिक वा अर्धवार्षिक  किस्ता तिर्ने म्याद वैशाखमसान्त सम्म पुर्‍याएको छ ।

विशेषगरी चैत र वैशाखमा तिर्नुपर्ने जीवन बीमालेखको किस्ताको हकमा समितिले यस्तो व्यवस्था गरेको हो ।

समितिले यसअघि चैत मसान्तसम्म बीमा शुल्क संकलन गर्ने काम स्थगन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । तर बिहीवार समितिले नयाँ निर्देशन जारी गर्दै चैत र वैशाखमा तिर्नु पर्ने बीमा शुल्कको किस्ताको हकमा यस्तो व्यवस्था गरेको हो ।

नयाँ निर्देशन अनुसार बीमितले वैशाख मसान्तसम्ममा बिनाव्याज बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् भने बीमालेख पनि व्यतित (ल्याप्स) हुने छैन ।

जीवन बीमा गर्ने व्यक्तिले त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा बीमा शुल्कको किस्ता तिर्ने  व्यवस्था हालका लागि परिवर्तन गरिएको हो ।

यदि बीमितले तोकिएको समयमा बीमा शुल्क तिरेनन् भने निजको बीमालेख ल्याप्स हुन्छ । बीमितले पछि व्याजसहित बीमा शुल्क तिरेमा भने उक्त बीमालेख पुनः सुचारू गर्न सक्नेछन् । तर हाललाई उक्त व्यवस्था लागू नहुने र यस अवधिमा बीमालेखको अवधि सकिए पनि ल्याप्स नहुने समितिको भनाइ छ ।

यस्तै निर्देशनअनुसार बीमा कम्पनीले यस परिस्थितिमा बीमा अवधि सकिएका बीमालेखलाई बीमितको लिखित अनुरोधका आधारमा नविकरण भने गर्न सकिनेछ ।

बीमितिले विद्युुतीय माध्यमबाट पनि त्यस्तो अनुरोध पठाएमा पनि बीमालेख नविकरण गर्ने व्यवस्था कम्पनीले गर्नुपर्ने छ ।

यस्तै समितिले बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नविकरण गर्ने म्याद पनि एक महीनाका लागि थप गरेको छ । अभिकर्ता र सर्भेयरले हरेक वर्ष चैत मसान्तभित्र इजाजतपत्रको नविकरण गर्नुपर्ने हुन्छ । यदि त्यो म्यादमा नविकरण गर्न नसकिएमा जरिवाना तिरेर असोज मसान्तसम्म इजाजतपत्रको नविकरण गर्न सकिन्छ । 

तर हाललाई इजाजतपत्रको नविरकण गर्ने म्याद वैशाख मसान्तसम्म पुर्‍याएको छ । उक्त म्यादसम्म इजाजतपत्र नविकरण गर्दा कुनै जरिवाना पनि नलाग्ने समितिको भनाइ छ । 

यसअघि समितिले कोरोना भाइरसका कारण इजाजतपत्र नविकरण गर्न नसकेपनि चैत मसान्तभित्र सम्बन्धीत बैंक खातामा तोकिएको शुल्क जम्मा गर्न निर्देशन दिएको थियो । तर समितिले अहिले आएर उक्त व्यवस्था संशोधन गर्दै इजाजतपत्र नविकरण गर्नका लागि वैशाख मसान्तसम्मको म्यादथप गरेको हो ।

यस्तै निर्जीवन बीमा कम्पनीले अहिले नै दावी भुक्तानीका लागि निवेदन आएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने  छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगतगर्दै बीमाशुल्क भुक्तानी र अभिकर्ता तथा सर्भेयरको इजाजपत्र नविकरण गर्ने म्याद थप गरिएको बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)