ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा ६०० मजदूर सडकमै अलपत्र

२०७६ चैत, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी


चैत २०, पर्वत । पर्वतका विभिन्न स्थानबाट घर फर्किन चाहेका ६०० मजदूरहरु सडकमै अलपत्र परेका छन् । अन्तरजिल्ला पास प्रशासनले पास नदिँदा मजदूरहरु अलपत्र परेका हुन् । गृह मन्त्रालयले अन्तरजिल्ला चल्ने सवारी साधनका लागि पास वितरण बन्द गर्न निर्देशन दिएपछि पर्वतमा पनि चैत्र १७ गतेदेखि पास दिन बन्द भएको छ । 

घर जाने तरखरमा बजार झरेका मजदूरहरु अहिले कुश्मा बजार, पातीचौर, डिमुवा लगायतका स्थानमा सडकमै सवारीको प्रतिक्षामा बसेका छन् । खोलामा पक्कि पुल निर्माण गर्ने, सडकको नाली निर्माण गर्ने, जलविद्युत आयोजनामा कार्यरत देशका विभिन्न ठाउँमा ठेगाना भएका मजदूरहरु भोकभोकै सडकमा बस्न बाध्य भएको बताउँछन् । 

सल्यान जिल्ला पुग्नुपर्ने भरत परियारले बिगत ३ दिनदेखि डिमुवा बजारमा अलपत्र परेको बताए । उनी जस्तै अरु मजदूरहरु पनि आफ्ना बन्दोबस्तीका सामान, बालबच्चासहित सडकमै अलपत्र छन् ।  घर जाने प्रतिक्षामा रहेकाहरु सडकमै अलपत्र पर्दा पनि कुनै निकायले ठोस पहल गरेको छैन । प्रशासनले नै पास रोकेपछि अरु निकायको पनि केहि नचल्ने नेपाल निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अर्जुन सुबेदीले बताए । 

पर्वत जिल्लामा मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर(लोकमार्ग), मध्य मोदी जलविद्युत आयोजना, तल्लो मोदी जलविद्युत आयोजना, कालीगण्डकी प्रसारण करिडोर, नयाँ मोदी–लेखनाथ प्रसारण आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजना र दर्जनौ सडक, खानेपानी, सिचाईंका आयोजनाहरु सञ्चालनमा छन् । 

पर्वतमा सञ्चालित विकास योजनाहरुमा मात्रै चार हजार मजदूर कार्यरत रहेको अनुमान छ । गृहमन्त्रालले अन्तरजिल्लाका लागि पास वितरण नगर्न निर्देशन दिएपछि जारी भएका पास समेत रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन् । १७ गते सम्मलाई दिईएका पासको समेत मिति गुज्रिएका र केहि रद्ध गरिएको प्रजिअ नेपालले बताईन् । जिल्ला प्रशासन कार्यालय कुश्मा र इलाका प्रशासन कार्यालय हुवासबाट गरि २ हजारभन्दा बढी मजदुरलाई घर पठाउनका लागि पास वितरण भइसकेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)