ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोर्ब्स थर्टी–अन्डर–थर्टी एशियामा ६ नेपाली

२०७६ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । पाँच उद्यमी र एक गोल्फरसहित ६ जना नेपाली युवा अमेरिकी म्यागेजिन फोर्ब्सको ‘थर्टी अन्डर थर्टी एशिया’ सूचीमा परेका छन् । फोर्ब्सले बिहीवार प्रकाशित गरेको यस सूचीमा उद्यमशीलता, सामाजिक कार्य र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका एशियाका ३०० प्रभावशाली युवा छन् । 

सन् २०२० को ‘थर्टी अन्डर थर्टी एशिया’ सूचीमा परेका नेपालीहरूमा गोल्फर प्रतिमा शेर्पा, अनलाइन सपिङ अर्वान गर्ल्सका सञ्चालकद्वय निकिता आचार्य र किरण तिम्सिना, प्याड टु गोकी शुभाङ्गी राणा तथा जेसेलिना राणा र फुडमारियोकी सञ्चालक रोहित तिवारी छन् । 

अर्वान गर्ल्सकी सञ्चालक निकिता आचार्य तथा किरण तिमिल्सिनाले सन् २०१२ मा सो कम्पनी स्थापना गरेका थिए । शुरूमा विशेषगरी महिलाका लागि आवश्यक सामग्रीको विक्री गर्ने यस कम्पनीले अहिले बेकरीदेखि पुरूषका सामान पनि अनलाइनमार्फत विक्री गर्दै आएको छ । फोर्ब्सको सूचीमा पर्नुलाई आफूले आफ्नो कामको कदरका रूपमा लिएको आचार्यले प्रतिक्रिया दिइन् । ‘व्यवसाय शुरू गरेको ७ वर्षको अवधिमा धेरै चुनौती थिए । यो सूचीमा परिँदा धेरै खुशी लागेको छ र अगाडि बढ्न थप हौसला पनि मिलेको छ,’ उनले भनिन् । 

आचार्यजस्तै नयाँ काममा हात हालेका थिए शुभाङ्गी राणा र जेसेलिना राणाले । शुभाङ्गी पेशाले इन्जिनीयर हुन् भने जेसेलिना वकिल । सन् २०१८ मा उनीहरूले स्थापना गरेको ‘प्याड टु गो’ नामक संस्थाले महिलाको महीनावारीका विषयमा सचेतना जगाउने काम गर्दै आएको छ । यही संस्थाले नेपालको विभिन्न प्रदेशमा ८० स्यानिटरी प्याड भेन्डिङ मेशिन राखेर नयाँ प्रयोग गर्‍यो । अस्पताल, विद्यालय, बैंक, सिनेमा हल जस्ता ठाउँमा राखिएका यस्ता भेन्डिङ मेशिन प्रत्येकले २०० महिलालाई स्यानिटरी प्याड उपलब्ध गराउन सक्ने बताइन्छ ।

फुडमारियाकी रोहित तिवारीले घरमै बनाइएका खानेकुरा अनलाइन अर्डरमार्फत होम डेलिभरी गर्दै आएकी छन् । होटल र रेस्टुराँका खाना आपूर्ति गर्ने अनलाइन फुड कम्पनीभन्दा फरक तिवारीको फुडमारियोले घरमा गृहणीले बनाएका खानेकुरा आपूर्ति गर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)