ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना प्रभाव : पर्वतमा विकास आयोजना ठप्प 

२०७६ चैत, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

चैत २१, पर्वत । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि पर्वतमा दर्जनौं सडक, विद्युत आयोजना, विद्युत् प्रसारण लाइनको काम ठप्प छ । जिल्लामा राष्ट्रिय गौरवका ठूला आयोजनादेखि निजीक्षेत्र मार्फत निर्माणाधीन सबै आयोजनाको काम रोकिएको पूर्वाधार विकास कार्यालय पर्वतले बताएको छ ।

जिल्लामा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग, नयाँ मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन, कालीगण्डकी कोरिडोर प्रसारण लाइन लगायत राष्ट्रिय गौरवका आयोजना सहित तल्लोमोदी जलविद्युत् आयोजना २० मेगावाट, मध्यमोदी जलविद्युत् आयोजना १५ मेगावाट लगायत ठूला आयोजनाको काम रोएिको छ । 

यस्तै दर्जनभन्दा बढी ग्रामीण सडकको कालोपत्रको काम पनि अधुरै भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिए । कोरोना त्रास र लकडाउनका कारण आयोजनामा काम गर्ने अधिकांश मजदूर घर फर्किएका छन् । पछिल्लो समय जिल्लामा सञ्चालित ठूला आयोजनाको काम धमाधम अगाडि बढेको थियो भने साना आयोजनाको काम अन्तिम चरणमा थियो ।

चालू वर्ष सकिने तय गरिएका आयोजनाको काम बीचमै रोकिएको छ भने लागत बढ्ने भएको छ । जिल्लामा १७ ओटा ग्रामीण सडकमा कालोपत्र र स्तरोन्नतिको काम भइरहेको छ ।

जिल्लाभित्रै झण्डै आधा दर्जनभन्दा बढी खोलामा मोटरेलब पुलको निर्माण पनि भइरहेको छ । यसैगरी स्थानीय तहहरू मार्फत सयौं आयोजना सञ्चालनमा छन् । लकडाउनका कारण जिल्लाका ७ स्थानीय तहका सवै आयोजनाको निर्माण पनि बन्द भएको छ ।
यो अवधिमा बोलपत्र खोल्ने र निर्माण व्यवसायीसँग सम्झौता गर्नुपर्ने भए पनि लकडाउनका कारण सबै आयोजनाको टेण्डर समेत हुन सकेको छैन ।

दुईओटा राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी लोकमार्ग र मध्यपहाडी लोकमार्गले गति लिइहरको अवस्थामा कोरोनाको प्रकोप देखिएकाले आयोजनाको काम तोकिएको समयमा सकिने सम्भावना कम रहेको जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी. पौडेलले बताए ।  

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका अनुसार पर्वत जिल्लामा सञ्चालित खानेपानी आयोजनाका सबै काम बन्द छन् । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालका अनुसार पछिल्लो पल्ट टेण्डर आह्वान भएर काम शुरू हुने भनिएका थप बजेटका कार्यक्रम पनि अन्योलमा छन् । लकडाउन कायमै गरे यो वर्षको पूँजीगत खर्च निकै कम हुने देखिन्छ ।

चालू आवमा समग्र जिल्लाको विकास बजेट बढीमा ४० प्रतिशत खर्च हुने अनुमान गरिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)