ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनपछि पूर्वाधार निर्माण र अत्यावश्यक खाद्य उद्योगका लागि संयुक्त मापदण्ड  

२०७६ चैत, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

चैत  २२, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथाम गर्न सरकारले लकडाउन गरेपछि अधिकांश ठूला तथा साना पूर्वाधार आयोजनाहरु ठप्प भएका बेला मुख्य आयोजना तथा अत्यावश्यक खाद्य उद्योग सञ्चालन गर्न संयुक्त रुपमा मापदण्ड बनाइएको छ । 

नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको गत बुधवार बसेको १६ औं बैठकले पूर्वाधार निर्माण र अत्यावश्यक उद्योग सञ्चालन गर्न निरन्तरता दिने निर्णय गरेसँगै पूर्वाधार निर्माण र उद्योगसँग सम्बन्धीत मन्त्रालयले संयुक्त रुपमा मापदण्ड बनाएका छन् । 

मापदण्ड भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा बनाएको समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

उद्योग तथा पूर्वाधार निर्माणलाई निरन्तरता दिने समितिको निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धीत मन्त्रालयलाई समेटेर मापदण्ड बनाइएको उनले  आर्थिक अभियानलाई जानकारी दिए ।

यो मापदण्डले मुख्य –मुख्य आयोजना र अत्यावश्यक खाद्यका  साथसाथै निर्माण सामग्री उत्पादन गर्ने उद्योगका लागि पनि केही मापदण्ड बनाएको छ ।

सुरुङमार्ग बनाउनेदेखि खाद्य उत्पादन गर्ने उद्योगहरुका कामदारहरु महिनौंदेखि आफै आइसोलेटेड अवस्थामा आयोजना तथा उद्योगभित्र नै रहेका कामदारहरुमार्फत उत्पादन तथा पूर्वाधार निर्माणको काम हुने गरी मापदण्ड बनेको विडारीले जानकारी दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)