ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनलगायत विलासिताका वस्तु आयातमा घटाइयो सीमा

दैनिक १० केजी सुनमात्र आयात गर्न निर्देशन

२०७६ चैत, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

चैत २२, काठमाडौं । मुलुकमा भएको लकडाउनका कारण दैनिक आयात गरिने सुनको परिमाण घटाइएको छ । नेपाल राष्ट्र बैंकले अब दैनिक १० किलोग्रामको सुनमात्र आयात गर्न निर्देशन दिएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो ।

यतिबेला विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावका कारण नेपाल पनि चैत्र १० गतेदेखि लकडाउनमा छ । जसले गर्दा बजारमा सुनको कुनै पनि कारोबार हुन सकेको छैन । 

सुनको मौज्दात् भएकाले आयातको परिमाण घटाएको राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताए । 
उनका अनुसार सुन आयात तथा विक्रीवितरण सम्बन्धि कार्यविधि, २०६८ को दफा ४ लाई संशोधन गरि सुन आयातको परिणाम घटाएको हो ।

‘लकडाउनले गर्दा सुन विक्री भएको छैन, अब वैशाखमा विवाहको सिजन आए पनि भिडभाड गर्न नहुने भएकाले यो प्रवाहित हुन्छ, यस कारण दैनिक १० किलो सुन बजारको लागि पर्याप्त हुने भएकाले आयातको सीमा घटाएका हौं’, कार्यकारी निर्देशक मिश्रले भने । 

नेपाल राष्ट्र बैंकले समय– समयमा तोकि दिएको परिमाण र प्रक्रिया बमोजिम मात्र अब सुन आयात हुने व्यवस्था नेपाल बैंकर्स संघले मिलाउनु पर्नेछ ।

सुन विलासिताको साधन भएकाले पनि सरकारले यतिवेला अत्यावयक बस्तु आयातका लागि विदेशी मुद्रा जोहो गर्न सुनको सीमा घटाएको हो । सरकार र राष्ट्र बैंकको यो कदमलाई सुन व्यवसायिहरुले पनि स्विकार गरेका छन् । 

मुलुकमा भित्रिने रेमिट्यान्सजस्ता आम्दानी घटेकोले अर्थतन्त्रमा संकट कम गर्न विदेशी मुद्रा सञ्चितीमा ध्यान दिन जरुरी भएको बताउदै सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘देशलाई संकट परेका बेला यो सीमा ठिक हो, स्वास्थ्य पहिलो प्राथमिकता तथा आधारभुत आवश्यकता पूरा भएपछि मात्र सुन प्राथमिकतामा पर्छ, पछिल्लो समय सुनको मुल्य बढेपछि मागमा कमी आएको थियो, यसकारण पनि सोहि सिमा हामीलाई स्विकार छ ।’ 

परिस्थिति सामान्य भएपछि सीमा बढाए हुने उनले बताए  । यद्यपि सुन धेरै विक्री हुने विवाहमा हो तर विसं २०७७ मा जम्मा १८ ओटा लगन रहेको छ । यसमध्ये ७ ओटा लगन आगामी वैशाख महीनामै भएकाले उक्त समयमा पनि कोरोनाको प्रभावले खासै विक्री हुन नसक्ने देखिएको उनको भनाइ छ । 

यसैगरी नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा, तयारी मदिरा र अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारी साधनको पैठारीलाई सरकारले बन्देज लगाएपछि राष्ट्र बैंकले उक्त शिर्षकमा विदेशी मुद्राको सटहीमा रोक लगाएको छ ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गत सरकारले समय–समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाउँदै आएको छ । अब उक्त वस्तुको आयातका लागि दिइने सटही सुविधा सरकारले अर्को व्यवस्था नगरेसम्म केन्द्रीय बैंकले पनि रोक लगाउने निर्देशक मिश्रले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)